२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

नेपाली बजारमा भित्रियो जिलीको ईएक्स–५ ईभी, यस्ता छन् विशेषता


सञ्चार डबली
  • सोमबार, साउन १९ २०८२
  • 5.7K
    SHARES

  • images
    नेपाली बजारमा भित्रियो जिलीको ईएक्स–५ ईभी, यस्ता छन् विशेषता

    काठमाडौं । नेपाली बजारमा विद्युतीय सवारीसाधन (ईभी)का नयाँ मोडल भित्रिने क्रम जारी छ । नयाँ मोडल भित्रिरहँदा ग्राहकका लागि पनि विकल्प थपिँदै गएका छन् । जसले ब्रान्डबीचको प्रतिस्पर्धा समेत तीव्र बन्दै गएको छ ।

    चीनको पहिलो निजी स्वामित्वको जिली अटो होल्डिङ्स ग्रुपले उत्पादन गरेको २०२५ जिली ईएक्स–५ सिरिज नेपाल भित्रिएको छ ।

    एलआरआर मोटर्सले विशेषगरी नाडा अटो सो २०२५ लाई लक्षित गरी जिलीका २ मोडल जिली ईएक्स–५ प्रो र जिली ईएक्स–५ म्याक्स भित्राएको हो ।

    नेपाली ईभी बजारमा डिजाइन, प्रविधि, ब्याट्री क्षमता र मूल्यको दृष्टिले अन्य मोडलको भन्दा यी मोडलहरूको अति नै बढी प्रतिस्पर्धात्मक लाभ रहेको कम्पनीको दाबी छ । ईएक्स–५ स्नो–ह्वाइट, फ्रोस्टी ग्रे, मूनलाइट सिल्भर, कार्बन ब्ल्याक र टुक्र्वोइज ग्रिन गरी पाँच आकर्षक रङमा उपलब्ध छन् ।

    यी दुवै मोडलमा ६०.२ किलोवाट/घण्टा क्षमता भएको एलएफपी सर्ट ब्लेड ब्याट्री प्रयोग गरिएको छ ।

    गाडी निर्माता जिली होल्डिङ्स ग्रुप आफैँले उत्पादन गरेको यस ब्याट्रीले एट (आठ वटा) निडल परीक्षण पास गरेको छ । संसारकै पहिलो वाटर, फायर र बुलेट प्रुफ ब्याट्रीको आयु ३५ सय चार्ज रिसाइकल (लगभग १० लाख किलोमिटर अथवा ५० वर्ष) रहेको कम्पनीको दाबी छ ।

    नेपाली बजारका लागि ईएक्स–५ प्रोको मूल्य ५८ लाख नेपाली रुपैयाँ तोकिएको छ । ईएक्स–५ म्याक्सको ६८ लाख रुपैयाँ तोकिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend