२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

हिमालयन लाइफ इन्स्योरेन्स कर्मचारी संघको आयोजनामा नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम सफलतापूर्वक सम्पन्न


सञ्चार डबली
  • आइतबार, साउन ११ २०८२
  • 6.9K
    SHARES

  • images
    हिमालयन लाइफ इन्स्योरेन्स कर्मचारी संघको आयोजनामा नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम सफलतापूर्वक सम्पन्न

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कर्मचारी संघले आयोजना गरेको ‘कर्मचारी नेतृत्व विकास तथा अभिबृद्धि तालिम कार्यक्रम’ भव्य रुपमा सम्पन्न भएको छ । कम्पनीको प्रधान कार्यालय तथा विभिन्न प्रदेशहरुमा कार्यरत १६० जना कर्मचारीहरुको सहभागितामा शनिवार काठमाडौंमा उक्त कार्यक्रम सम्पन्न भएको हो । हिमालयन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज लाल कर्णले कार्यक्रमको उद्घाटन गरेका थिए ।

    नेपाल बीमा प्राधिकरणका पुर्व अध्यक्ष फत्त बहादुर केसीले कार्यक्रमलाई सम्बोधन गर्दै बीमा क्षेत्रका अवसर चुनौती र आगामी दिनको कार्यदिशा विषयमा कर्मचारीहरुलाई प्रशिक्षण दिएका छन् ।

    त्यस्तै, वरिष्ठ अधिवक्ता डा. रेशम राज रेग्मीले बीमा क्षेत्रमा कर्मचारी ट्रेड युनियनका अधिकार तथा श्रम ऐनमा देखिएका चुनौतीहरुको समिक्षा गरेका छन् । उनले श्रम कानुन कार्यान्वयनमा रहेका बाधा, अड्चन लगायतका कुराहरुमा प्रकाश पारेका थिए ।

    साथै, डा. रविन कटुवालले कर्मचारीहरुले उत्प्रेरणा सम्बन्धि प्रशिक्षण दिएका छन् । सहभागी कर्मचारीहरुको मनोबल, हौसला बृद्धिका साथै क्षमता विकास कसरी हुन्छ ?, सही र समय सापेक्ष निर्णय कसरी लिन सकिन्छ ?, कर्मचारी भएपछि इमान्दारीता, कर्तव्यनिष्ट बनी कसरी उत्कृष्ट कार्य सम्पादन गर्न सकिन्छ ?, लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।

    कार्यक्रममा सहभागी बनेका कर्मचारीहरुले नेतृत्व विकास तथा क्षमता अभिबृद्धि कार्यक्रमले मनमा उब्जेका सयौं खुल्दुली मेटिएको र आउँदो दिनमा कुनै पनि समस्या आउँदा सही र सरल तरिकाले निर्णय लिनसक्ने क्षमताको विकास भएको प्रतिक्रिया दिएका छन् ।

    कार्यक्रमममा नेपाल बीमा प्राधिकरणका पूर्व अध्यक्ष फत्त बहादुर केसी, वरिष्ठ अधिवक्ता डा. रेशम राज रेग्मी, डा. रविन कटुवाल, कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज लाल कर्ण, नायब प्रमुख कार्यकारी अधिकृत कपिल कुमार दाहाल, कर्मचारी संघका अध्यक्ष हरि बहादुर खड्का लगायत उच्च व्यवस्थापकी र प्रदेश तहका कर्मचारीहरुको सहभागिता थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend