२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

कानुन बनाउँदा हुने ढिलासुस्तीले राष्ट्रिय आकांक्षा प्राप्तिमा अवरोध सृजना गर्छ : राष्ट्रपति


सञ्चार डबली
  • बिहीबार , साउन ८ २०८२
  • 7.5K
    SHARES

  • images
    कानुन बनाउँदा हुने ढिलासुस्तीले राष्ट्रिय आकांक्षा प्राप्तिमा अवरोध सृजना गर्छ : राष्ट्रपति

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‌बाट अत्यावश्यक ऐन कानुन बनाउने काममा हुने ढिलासुस्तीले हाम्रो राष्ट्रिय आकांक्षा प्राप्तिमा अवरोध सृजना गर्ने बताएका छन् । संसदीय मामिला पत्रकार समाजमा आवद्ध पत्रकारहरूसँगको भेटमा उनले संसद्‌मा डेडलकको अवस्था आउन नदिई आवश्यक छलफल, सहमति र सहकार्यले संसदीय गतिविधिलाई अझ जनमुखी बनाउने र संसद्प्रति जनताको भरोसा जागृत गराउने बताए । 

    "यसतर्फ संसदीय गतिविधिमा अहोरात्र खटिनुभएका तपाईंहरूको भूमिका जनप्रतिनिधि, संसदीय संरचना र संसदीय गतिविधिलाई यसैतर्फ प्रेरित गर्ने खालको हुनेछ भन्ने मैले अपेक्षा गरेको छु," राष्ट्रपति पौडेलले भने । उनले नेपालमा प्रजातान्त्रिक अभ्यास कम भएको भन्दै लोकतान्त्रिक पद्दती नै उत्तम व्यवस्था भएको उल्लेख गरे । 

    राष्ट्रपति पौडेलले लोकतान्त्रिक शासन प्रणालीमा संसद् जनताका आवाज मुखरित गर्ने र आवश्यक कानुन बनाउने थलो भएको बताए ।

    संसद् र यसका समितिमार्फत आवश्यक कानुन बनाउने र जनताका जल्दाबल्दा समस्याबारे जनप्रतिनिधिले गर्ने कामको सूचना सम्प्रेषण गर्ने तथा खबरदारीको भूमिकामा रहने पत्रकारहरूको दायित्व गहन भएको राष्ट्रपति पौडेलको भनाइ थियो । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend