२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

देश बर्बाद हुनुमा माओवादीको मुख्य भूमिका रहेको विप्लवको भनाइ


सञ्चार डबली
  • मंगलबार, साउन ६ २०८२
  • 5.9K
    SHARES

  • images
    देश बर्बाद हुनुमा माओवादीको मुख्य भूमिका रहेको विप्लवको भनाइ

    काठमाडौं - मंगलवार राष्ट्रिय सभागृहमा कम्युनिष्ट पार्टीका तीन नेताहरुले वर्तमान राजनीति र कम्युनिष्ट आन्दोलनकोबारेमा विमर्श गरेका छन् । उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालको राजनीति अस्थिर र भ्रष्ट भएकोमा माओवादीको सबैभन्दा ठूलो हात रहेको बताएका छन् । पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले माओवादीले अरूलाई दोष दिएर उम्किन नसक्ने बताए ।

     उनले भने, ‘नेपालको राजनीति अस्थिर र भ्रष्ट हुनुमा कम्युनिस्टहरूको दोष छ, विशेषगरी माओवादीको । मैले प्रचण्डलाई पनि भनेको छु-आजको भ्रष्ट र लथालिङ्ग अवस्थामा क्रान्तिकारीहरू अपमानित हुनुमा माओवादीको सबैभन्दा ठूलो दोष छ । अरूलाई दोष दिएर उम्किन सकिँदैन । २०५७ सालमा कम्युनहरू कहाँ गए ? बैङ्कको पैसा, अस्पताल कहाँ गए रु यो जनता वा कार्यकर्ताको कारणले होइन, नेतृत्वको कारणले हो ।’

    उनले पुष्पलाललाई अवसरवादीहरूले नेतृत्वबाट हटाएको बताउँदै नेपालको कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्न उनले अन्तिम समयसम्म प्रयास गरेको स्मरण गरे । तर, पुष्पलालले २००६ सालमा परिकल्पना गरेको नेपाल र अहिलेको अवस्था फरक रहेको भन्दै अब कस्तो नेपाल बनाउने भनेर गम्भीर भएर सोच्ने बेला आएको उनले बताए । दलाल पुँजीवादीहरू जनताले पाएको सानो अधिकार पनि स्वीकार गर्न तयार नभएको उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend