२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

सिप्रदी हायस पर्चेजको वित्तीय अवस्थामा सुधार, एनपिएल १० प्रतिशत विन्दुले घट्यो


सञ्चार डबली
  • आइतबार, साउन ४ २०८२
  • 6.8K
    SHARES

  • images
    सिप्रदी हायस पर्चेजको वित्तीय अवस्थामा सुधार, एनपिएल १० प्रतिशत विन्दुले घट्यो

    काठमाडौं। सवारी साधान खरिदका लागि कर्जा दिने सिप्रद्री हायर पर्चेज कम्पनीले वित्तीय विवरणमा उल्लेख्य सुधार गरेको छ। कम्पनीले आर्थिक वर्ष २०२५ को ९ महिनामा खराब कर्जा (एनपिएल) घटाउँदै सम्पत्तीको गुणस्तरमा सुधार गरी उच्च स्तरको जोखिम व्यवस्थापन गरेको हो। 

    कम्पनीले आव २०२४/२५ को ९ महिनामा २९ करोड २० लाख रुपैयाँ (अपरिस्कृत) बढी आम्दानी गरेको छ। आव २०२४ मा ५८ करोड रुपैयाँ (परिस्कृत) आम्दानी गरेको थियो। गत वर्षको सोही अवधि (९ महिना)मा कम्पनीले ४३ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको थिया। साथै, कम्पनीले आव २०२३ मा ५२ करोड ८० लाख, आव २०२२ मा ४९ करोड ४० लाख र आव २०२१ मा ६७ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको थियो। 

    कम्पनीले चार अर्ब रुपैयाँ बैंकिङ कर्जा प्रयोजनका लागि रेटिङ एजेन्सी इक्रा नेपालसँग गराएको रेटिङमा दीर्घ कालिन कर्जाको लागि ‘एलबिबी’ रेटिङ पुन: पुष्टी भएको छ। उक्त अघिल्लो पटक कम्पनीले गराएको ४ अर्ब १० करोडको कर्जा रेटिङमा प्राप्त भएको हो। 

    सिप्रदीले पाएको रेटिङले वित्तीय दायित्व भुक्तानीमा मध्यम स्तरको क्रेडिट जोखिम रहेको संकेत गर्छ। आर्थिक अवस्था वा अन्य परिस्थितिको प्रतिकृत प्रभावले कम्पनीको ऋण तिर्न सक्ने क्षमतामा असर पर्न सक्ने रेटिङ रिपोर्टमा उल्लेख छ। 

    " यो कम्पनीमा नेपालका लागि टाटा ब्रान्डको सवारी साधान आधिकारिक बिक्रेता ‘सिप्रदी ट्रेडिङ’ शतप्रतिशत लगानी रहेको छ। "

    इक्राले कम्पनीलाई उक्त रेटिङ स्थिर नाफा कायम भएर, सञ्चालन ट्यार्क रेकर्ड र बजार उपस्थिति राम्रो भएर, कम्पनीको एकमात्र प्रवर्द्धक सिप्रदी ट्रेडिङको राम्रो व्यसायव तथा रेटिङ भएको कारणले प्रदान गरिएको उल्लेख गरेको छ। यो कम्पनीमा नेपालका लागि टाटा ब्रान्डको सवारी साधान आधिकारिक बिक्रेता ‘सिप्रदी ट्रेडिङ’ शतप्रतिशत लगानी रहेको छ। 

    सिप्रदी ट्रेडिङले ४ दशकयता नेपालको अटोमोबाइलस क्षेत्रमा व्यापार गरिरहेको छ। सिप्रदी हायर पर्चेजको मुख्य आम्दानीको स्रोत भनेको सिप्रदी ट्रेडिङले बिक्री गर्ने सावारी साधानलाई बैंक फाइनान्स गर्नु हो। सिप्रदीको अध्यक्ष सिद्धार्थ जबरा जेबी राणा हुन्। 

    नेपाल राष्ट्र बैंकबाट हायर पर्चेज कम्पनीको लाइसेन्स लिएर सन् २०१४ बाट सञ्चालनमा आएको सिप्रदी हायर पर्चेजले समीक्षा अवधिमा वित्तीय स्वास्थमा उल्लेख्य सुधार गरेको रेटिङ रिपोर्टले देखाउँछ। कम्पनीले खराब कर्जा घटाउँदै सम्पत्तिको गुणस्तरमा वृद्धि गरेको छ। 

    अघिल्लो वर्ष (२०२२) ९० दिनभन्दा बढी समय नाघेका कर्जा अनुपात ५०.३ प्रतिशतलाई आव २०२३ मा २५.९० प्रतिशत, आव २०२४ मा १६ प्रतिशत र आव २०२५ मा १७ प्रतिशत छ। यो घटाउने प्रयासमा कम्पनी रहेको रिपोर्टमा उल्लेख छ।

    साथै, राष्ट्र बैंकको मापदण्डअनुसार कुल खराब कर्जा (ग्रस एनपिएल) ७.६ प्रतिशत कायम छ। यस्तो एनपिएल आव २०२४ मा ९ प्रतिशत, आव २०२३ मा १४.३ प्रतिशत, आव २०२२ मा १८.५ प्रतिशत र आव २०२१ मा १३.१० प्रतिशत कायम थियो। यसले कम्पनीले उच्च जोखिम व्यवस्थापन गरेको प्रष्ट हुन्छ। 

    उक्त अवधिमा कम्पनीले कुल तीन अर्ब ९८ करोड ३० लाख बराबरको पोर्टफोलियो र चार अर्ब ५२ करोड ४० लाख रुपैयाँ बढीको सम्पत्ती व्यवस्थापन गरेको छ। कम्पनीको नेथवर्क एक अर्ब १२ करोड ३० लाख रुपैयाँ रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend