२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

विश्वव्यापी ब्राण्ड प्रो होण्डा जेनुइन इन्जिन आयल अब नेपालमा


सञ्चार डबली
  • आइतबार, साउन ४ २०८२
  • 4.9K
    SHARES

  • images
    विश्वव्यापी ब्राण्ड प्रो होण्डा जेनुइन इन्जिन आयल अब नेपालमा

    काठमाडौं। नेपालका लागि होण्डा मोटर कम्पनीको आधिकारीक वितरक स्याकार ट्रेडिङ कम्पनी (प्रा) लि.ले नेपालमा प्रो होण्डा जेनुइन इन्जिन आयललाई नयाँ ग्लोबल होन्डा ब्राण्डको रुपमा भित्र्यायाई बिक्री सुरु गरिएको छ।

    होण्डा मोटर कम्पनीले मोटरसाइकल र अन्य पावर प्रडक्ट्स उत्पादनका लागि विकशित आधुनिक र विश्वस्तरीय इन्जिन आयल ब्राण्डको उद्देश्य होण्डाका सबै प्रयोगकर्तालाई आफ्नो सवारी तथा पावर प्रडक्ट्सका लागि गुणस्तरीय जेनुइन इन्जिन आयल सुविधा दिनु रहेको छ।

    प्रो होण्डा आयल सवारीको इन्जिन लामो समयसम्म टिक्न र वातावरणमा प्रदुषण कम गर्न मद्दत पुगोस् भनेर तयार गरिएको छ। यसको नयाँ प्रविधिले इन्जिनभित्रको घर्षणलाई कम गर्छ। जसले गाडीमा पेट्रोल कम खपत हुने र मर्मत गर्न लाग्ने खर्चमा पनि कमी आउँछ। साथै, यसमा खिया लाग्न नदिने विशेष गुण भएकाले यसले इन्जिनका पाटपुर्जालाई खियाबाट जोगाउँछ।

    स्याकार ट्रेडिङ कम्पनीका अनुसार प्रो होण्डा आयल वातावरणमैत्री हुनुका साथै आर्थिक भार पनि कम गर्ने भएकाले सवारी धनीका लागि यसको प्रयोग गर्नु अत्यन्तै लाभदायक हुनेछ। इन्जिनलाई सुरक्षित राख्नुका साथै प्रो होण्डा आयलले इन्जिनको कार्य क्षमतासमेत बढाउने कम्पनी विश्वस्त रहेको छ।

    प्रो होण्डा आयल विभिन्न गुणस्तरीय भेरियन्टमा उपलब्ध छन्। यसमा १० डब्लु ३० एमए नेपाल एक लिटर, त्यसपछि १० डब्लु ३० एमबी नेपाल ०.८ लिटर, त्यसैगरी ५ डब्लु ३० एमए नेपाल ०.६ लिटर, साथै ५ डब्लु ३० एमबी नेपाल एक लिटर र अन्तमा होण्डा हाई पर्फमेन्स इन्जिन आयल एसएई १० डब्लु ३० रहेका छन्।

    यस नयाँ र गुणस्तरीय उत्पादनको लञ्चसँगै होण्डाले नेपालका सवारी साधन धनीलाई उत्कृष्ट आयलको अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई पुनः दाहोर्‍याएको छ। ‘प्रो होण्डा आयल’ले नेपाली बजारमा सवारी साधनको इन्जिनमा सुधार ल्याउने र ग्राहकको विश्वास जित्ने अपेक्षा गरिएको छ।

    स्याकार ट्रेडिङ कम्पनी प्राइभेट लिमिटेड नेपालमा होण्डा मोटर कम्पनीको विगत ५५ वर्षभन्दा पहिलेदेखि आधिकारीक वितरक हो। यसले देशभरि होण्डाका उच्च गुणस्तरका उत्पादन र उत्कृष्ट बिक्रीपश्चात सेवाहरु प्रदान गर्दै आएको छ। जसले नेपाली ग्राहकहरु माझ होण्डाको लोकप्रियतालाई निरन्तर बढाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend