२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

नेपाल लाइफद्वारा दस अर्ब प्रथम बीमा शुल्क आर्जन गर्दै रेकर्ड कायम


सञ्चार डबली
  • बुधबार, असार ३२ २०८२
  • 10.8K
    SHARES

  • images
    नेपाल लाइफद्वारा दस अर्ब प्रथम बीमा शुल्क आर्जन गर्दै रेकर्ड कायम

     

    काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवनबीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले स्थापनाको २५औँ वर्षमा आइपुग्दै गर्दा १०,००,००,००,००० (दस अर्ब)प्रथम बीमा शुल्क आर्जन गर्दै नेपालको जीवनबीमा उद्योगमा ऐतिहासिक रेकर्ड बनाउन सफल भएको छ।

    यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले कम्पनीलाई मार्ग निर्देशन प्रदान गर्ने सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरू,कम्पनीमा विश्वास गरी बीमा गर्ने बीमितहरु, कम्पनीको मेरुदण्डको रूपमा रहनुभएका बीमा अभिकर्ताहरू, कम्पनीका कर्मचारीहरू, शेयरधनी महानुभावहरु,नियामक निकायहरू तथा यस ऐतिहासिक लक्ष्यलाई मूर्तताप्रदान गर्न अहोरात्र सहयोग गर्नुहुने सम्पूर्ण सरोकारवालाहरूमा धन्यवाद ज्ञापन गरेका छन ।

    नेपाल लाइफले हासिल गरेको यो ऐतिहासिक उपलब्धिले बीमा बजारलाई दिशानिर्देश समेत प्रदान गरेको छ।

    नेपाल लाइफ प्रविधिमैत्री प्रणालीहरूको अधिकतम प्रयोगगर्दै समयानुकूल सम्पूर्णतप्कालाई उपयुतहुने खालका इनोभेटिभ प्रोडक्टहरु ल्याउने,लगानीको प्रतिफललाई उच्चबनाउन लगानी विविधिकरण गर्दै जाने ,कर्मचारी तथा अभिकर्ताहरूको ज्ञान, सीप र दक्षतालाई अभिवृद्धि गर्न तालिमहरू सञ्चालनगर्दै आम नागरिकहरूलाई विश्वस्तरीय बीमा सेवाप्रदान गर्न कम्पनी कटिबद्ध रहेको कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले बताए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend