२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

विधानका विषयमा प्रश्न उठाउनु संगठनात्मक अराजकता होः शंकर पोखरेल


सञ्चार डबली
  • आइतबार, असार २९ २०८२
  • 6.1K
    SHARES

  • images
    विधानका विषयमा प्रश्न उठाउनु संगठनात्मक अराजकता होः शंकर पोखरेल

    काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीको १०औंँ राष्ट्रिय महाधिवेशनले पारित गरेको विधानका विषयमा प्रश्न उठाउनु संगठनात्मक अराजकता भएको बताएका छन् । 

    आगामी भदौमा हुने भनिएको विधान महाधिवेशनको तयारीका सन्दर्भमा  आज ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा जनसंगठनका इन्चार्ज र पदाधिकारीहरुको भेलालाई सम्बोधन गर्दै उहाँले आफू सहभागी भएर पारित गरेको विधानका बारेमा प्रश्न उठाउनु सङ्गठनात्मक अराजकता भएको बताए । 

    महासचिव पोखरेलले विधान महाधिवेशनले अन्तिम रुप दिएका कतिपय प्रावधान तत्कालीन आवश्यकताका आधारमा  राष्ट्रिय महाधिवेशनले संशोधन गर्न सक्ने धारणा राखे । “दुवै महाधिवेशनका प्रतिनिधि भएर त्यस्ता प्रावधान आफैं अनुमोदन गर्ने अनि अहिले आफैं प्रश्न गर्दै हिँड्ने कुरा अनैतिक हो,” उनले भने, “राष्ट्रिय महाधिवेशनले पास गरेका विषयमा टिप्पणी गर्दै हिँड्ने कुरा अनुशासनहीन र अराजक हो । जसले यस्ता गतिविधि गर्दछ त्यसको प्रतिवाद गर्नुपर्दछ ।”

    उनले पार्टी र नेतृत्व विरुद्धको आक्रमण गतवर्ष पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेदेखि झनै बढेको बताए । एमाले सरकारमा रहेको धेरैलाई मन नपरेकाले अनेक लाञ्छना लगाएर हरेक दुई महिनामा सरकार परिवर्तनको हल्ला फैलाइने गरेको उनको भनाइ छ ।
     
    “विधान महाधिवेशन हो राष्ट्रिय महाधिवेशन होइन । त्यसैले अहिले कुनै नेताका नाममा कित्ताकाट हुनु जरुरी छैन”, उनले भने, “जतिबेला जे काम पर्छ त्यही गर्नुहोस । नीति र नेतृत्व निर्माणको भिन्नता नेताहरुले थाहा पाउनुहोस ।”

    महासचिव पोखरेलले जनसंगठनमा हालै भएका महाधिवेशनका दस्तावेज केन्द्रीय कार्यलयमा साता दिनभित्र पठाउन निर्देशनसमेत दिए। पार्टी स्थायी कमिटी सदस्य एवं जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालले पार्टीको निर्णयविरुद्ध नबोली नेता भइँदैन भन्ने मानसिकता त्याग्न आग्रह गरेयो । भेलालाई केन्द्रीय सदस्यद्वय विष्णु रिजाल, रचना खड्कालगायतले पार्टीको विधि र विधान विपरीत नबोल्न नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend