२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

भारतीय मिसाइल र बममा अभिनेत्री रविना टण्डनको नाम


सञ्चार डबली
  • सोमबार, वैशाख ४ २०८०
  • 10.2K
    SHARES

  • भारतीय मिसाइल र बममा अभिनेत्री रविना टण्डनको नाम

     

    काठमाडौं, वैशाख ४ गते ।  सामान्तया फिल्ममा कुनै रुखलाई मायाको निशानीको रुपमा देखाइन्छ त कहिले भित्तालाई मायाको शब्दले भिजाइएको रुपमा प्रस्तुत गरिन्छ ।यस्ता दृश्य देशका हरेक सहरका कुनाकुनामा देखिन्छन्, जहाँ प्रेम डुबेका जोडीहरु यस्ता किस्सा सुनाएर रमाइलो मान्छन् । तर यदि कुनै अभिनेत्रीको नाम बम र मिसाइलमै लेखियो र ती हतियार उसको विपक्षी देशलाई सप्रेम भेट उपहारका रुपमा दिइँदा त्यो हतियार निकै घातक साबित हुन्छ । बलिउड अभिनेत्री रविना टण्डनको जिन्दगीमा पनि यस्तै एउटा रोचक किस्सा बलिउडमा अहिले पनि सुनिन्छ ।

     यो किस्सा कारगिल युद्धको हो । भारत र पाकिस्तानको यो युद्ध भइरहँदा त्यसबेला भारतीय मिसाईल र बम निकै लोकप्रिय थिए । किनकी ती मिसाईल र बममा अभिनेत्री रविना टण्डनको नाम लेखिएको थियो । 

    ९० को दशकमा रविना बलिउडकी लोकप्रिय अभिनेत्री थिइन् । उनको सुन्दरताबाट पाकिस्तानी तत्कालीन प्रधानमन्त्री नवाज शरीफ पनि फिदा थिए । उनले सार्वजनिक रुपमा नै रविनाको सुन्दरताको बयान गर्थे । एक अन्तरवार्तामा त उनले रबिना आफूलाई मनपर्ने अभिनेत्री रहेको नै बताएका थिए । 

     सन् १९९९ मा जब कारगिल युद्ध शुरु भयो, त्यो बेला पाकिस्तानका प्रधानमन्त्री शरीफ आफ्नो नीति अनुसार भारतलाई निशाना बनाइरहेका थिए । त्यही बेला भारतीय सेनाले नवाजलाई आफ्नै शैलीमा जवाफ दिए ।

    उनीहरुले आफ्नो बम र मिसाइलमा रविनाको नाम लेखेर ‘रविना टण्डनको तर्फबाट नवाज शरीफलाई उपहार’भन्दै मिसाईल र बम पठाएका थिए । त्यो तस्वीर उसबेला निकै भाइरल भएको थियो ।

  • सम्बन्धित विषय:

  • # रविना टण्डनको नाम
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend