२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

नेपाल आयो १० लाखभन्दा कम मूल्यको र्‍यापटर सेकेण्ड जेनेरेशन कार


सञ्चार डबली
  • बिहीबार , असार २६ २०८२
  • 6.1K
    SHARES

  • images
    नेपाल आयो १० लाखभन्दा कम मूल्यको र्‍यापटर सेकेण्ड जेनेरेशन कार

    काठमाडौं- हिमालयन ईभी प्रालिले एनयू ब्राण्ड रेन्ज एक्सटेन्डर ईभी नेपाली बजारमा ल्याएको छ ।

    र्‍यापटर नामबाट आएको सेकेण्ड जेनेरेशन मोडल ४ ढोका भएको ४ सिटर इलेक्ट्रिक मोडल हो । यो ईभीको मूल्य ९ लाख ५० हजार रहेको कम्पनीले जानकारी दिएको छ । 

    चीनको साङदोङमा उत्पादन भएको एनयू ब्राण्डको र्‍यापटर सेकेण्ड जेनेरेशन मिनी कारको लम्बाइ २९०० एमएम, चौडाइ १३८० एमएम र उचाइ १६५० एमएम छ । यसमा २००० एमएमको ह्वीलबेस दिइएको छ । सानो कारमा १६५ एमएम अग्लो ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ । यसको मोटर साइज निकै सानो छ । यसमा १२।५ किलोवाट क्षमताको मोटर छ, जसले १०० न्यूटन मिटर टर्क प्रदान गर्छ ।

    यसमा दिइएको ब्याट्रीलाई चार्ज गर्न गाडीमै जेनेरेटरको व्यवस्था गरिएको छ । जनेरेटरको सहायताले गाडी चार्ज गर्न सकिने छ । पछिल्लो समय चिनियाँ बजारमा चर्चित यो प्रविधिलाई इआरईभी (एक्सटेन्डेड रेन्ज इलेक्ट्रीक भेहिकल) भनिन्छ । यसमा ५ लिटरसम्म पेट्रोल हाल्न मिल्छ । र्‍यापटरमा रहेको ६ किलोवाट आवरको ब्याट्रीलाई फुल चार्ज गर्न ५ घण्टासम्म लाग्छ । 

    यस कारमा चारै चक्कामा डिस ब्रेक, इन्डिपेन्डेन्ट सस्पेन्सन, एयर कण्डिसन, सेन्सर सहितको रिभर्स क्यामेरा, साउण्ड सिस्टम, एलसीडी स्क्रीन, डिजिटल इन्ट्रुमेन्टल क्लस्टर, ‘टु वे ब्रेक लक सिस्टम’, रोटरी गियर सेलेक्टर दिइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend