२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

बालकुमारी र बसुन्धरामा अत्याधुनिक ईभी सर्भिस सेन्टर सञ्चालन गर्दै एमएडब्लू


सञ्चार डबली
  • शुक्रबार, असार २० २०८२
  • 5.8K
    SHARES

  • images
    बालकुमारी र बसुन्धरामा अत्याधुनिक ईभी सर्भिस सेन्टर सञ्चालन गर्दै एमएडब्लू


    काठमाडौं ।  ग्राहकलाई अझ राम्रो सेवा दिन र आफ्टर सेल्स सर्भिसलाई अझ सशक्त बनाउने उद्देश्यले एमएडब्लू वृद्धिले बालकुमारी र बसुन्धरामा दुईवटा अत्याधुनिक, विद्युतीय सवारी साधन (EV) मा केन्द्रित सर्भिस सेन्टर सञ्चालन गर्न लागेको छ।

    रणनीतिक रूपमा शहरका प्रमुख स्थानहरूमा स्थापना हुने यी सर्भिस सेन्टरहरूले एमएडब्लूका ग्राहकलाई अझै सहज, छिटो र विशेषज्ञस्तरको सेवाप्रदान गर्ने लक्ष्य राखेको छ।

    यी फ्यासिलिटीहरू डीपल, डोंगफेंग र सेरेस ब्रान्डका विद्युतीय सवारी साधनहरूका लागि मात्र समर्पित हुनेछन्। सर्भिस सेन्टरमा२५ वटा विशेष सर्भिस बेहरू रहनेछन्जसले धेरै संख्याका गाडीहरूलाई एकैपटकसजिलो, सूक्ष्म र दक्ष रूपमा मर्मतगर्न सक्ने क्षमता राख्नेछन्। एक्स्पर्ट केयरका लागि यी नयाँ केन्द्रहरू एमएडब्लूका दोस्रो र तेस्रो ईभी डेडीकेटेड सर्भिस वर्कशप हुनेछन्।यस विस्तारसँगै एमएडब्लू वृद्धिको ईभी सर्भिस सेन्टरको संख्या तीनपुग्नेछ।

    आफ्टर सेल्स सर्भिस र ग्राहकको विश्वासमा निरन्तर ध्यान दिँदै आएको एमएडब्लू वृद्धिले यसका माध्यमबाट ग्राहक सन्तुष्टि र दीर्घकालीन सेवा सम्बन्धि प्रतिबद्धतालाई अझ मजबुत बनाउने प्रयास गरिरहेको छ।

    नयाँ सर्भिस सेन्टरहरू आगामी३ देखि ५ महिनाभित्र पूर्ण रूपमा सञ्चालनमा आउनेअपेक्षा गरिएको छजसले नेपालको ईभी सेवा क्षेत्रमानयाँ बेन्चमार्क स्थापित गर्नेछ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend