२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

‘लोकतन्त्रको नाममा खसीको टाउको देखाएर कुकुरको मासु बेचिने स्थिति आयो’


सञ्चार डबली
  • बिहीबार , असार १९ २०८२
  • 5.6K
    SHARES

  • images
    ‘लोकतन्त्रको नाममा खसीको टाउको देखाएर कुकुरको मासु बेचिने स्थिति आयो’

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान राजनीतिक अभ्यासप्रति कडा आलोचना गर्दै समाजवादको नाममा व्यक्तिवाद हाबी भएको बताएका छन् ।

    नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित दुर्गा नारायण ढकालको कृति समाजवादी दर्शनको रूपरेखा लोकार्पण कार्यक्रममा बोल्दै उनले समाजवादको नाम लिने तर व्यवहारमा व्यक्तिवादमा रमाउने प्रवृत्ति मौलाउँदै गएको टिप्पणी गरेका हुन् ।
    उनले भने, ‘पूँजीवाद र समाजवादको एउटा आधारभूत अन्तर भनेको पूँजीवाद व्यक्तिवादमा आधारित छ भने समाजवाद सामूहिकतामा आधारित दर्शन हो । तर आजभोलि व्यवहारमा व्यक्तिवादको प्रयोग गर्ने प्रवृत्ति हाबी भएको छ ।’

    संविधानमा उल्लेखित प्रगतिशील र लोकप्रिय मूल्यहरू उल्ट्याउने प्रयास भइरहेको उल्लेख गर्दै उनले लोकतन्त्रको नाममा जनताको विश्वासमाथि चलखेल भएको आरोप लगाए ।

    उनले संविधानमा उल्लेख गरिएका मूल मान्यता र मूल्यहरूलाई इमान्दारीपूर्वक लागू गर्ने एउटा विचार र प्रवृत्ति भएको उल्लेख गर्दै त्यसको विरुद्धमा संविधानमै भएका उपलब्धिहरूलाई कमजोर पार्ने अभियान पनि चलिरहेको बताए । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend