२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

‘शार्क ट्यांक नेपाल’ को ‘पावर्ड बाइ’ प्रायोजक बन्यो टीभीएस अपाचे


सञ्चार डबली
  • बिहीबार , असार १९ २०८२
  • 5.1K
    SHARES

  • images
    ‘शार्क ट्यांक नेपाल’ को ‘पावर्ड बाइ’ प्रायोजक बन्यो टीभीएस अपाचे

    काठमाडौं- ‘शार्क ट्यांक नेपालको प्रमुख प्रस्तुतीकर्ता ब्रान्डको रूपमा टीभीएस अपाचे आरटीआर १६० एसई रहने भएको छ । जुन उत्कृष्ट प्रदर्शन, नवीनता र अग्रताको प्रतीक हो। यो सहकार्यले नेपाली युवा उद्यमीहरू र नयाँ व्यवसायहरूलाई सम्भावनाको ढोका खोल्ने विश्वास गरिएको छ। 

    जसरी अपाचे आरटीआर १६० एसईले सडकमा आत्मविश्वास र शुद्धता देखाउँछ, त्यसरी नै शार्क ट्याङ्क नेपालले उदाउँदा उद्यमीहरूलाई अघि बढ्न मार्गदर्शन र अवसर दिनेछ। यी दुईको साझेदारीले नेपालको भविष्यका व्यावसायिक नेताहरूका लागि मार्ग प्रशस्त गर्ने विश्वास गरिएको छ।

    विश्वभर चर्चित अमेरिकी रियालिटी शोको नेपाली संस्करण ‘शार्क ट्यांक नेपाल हिमालय टेलिभिजनमार्फत २०२५ जुलाई २ बाट प्रसारणमा आउँदै छ। 

    निकै प्रतीक्षित यो व्यावसायिक रियालिटी शोले नेपाली उद्यमीहरूलाई देशका सफल व्यावसायिक हस्तीहरू समक्ष आफ्ना आइडियाहरू प्रस्तुत गर्ने प्लेटफर्म प्रदान गर्नेछ, जहाँ उनीहरूले मार्गदर्शन, मेन्टरशिप र जीवन परिवर्तन गर्ने लगानी पाउन सक्नेछन्।

    शोको पहिलो सिजनमा नेपालका पाँच जना ख्यातिप्राप्त उद्यमी तथा उद्योगपति निर्णायकको रूपमा सहभागी हुनेछन्, आईएमई समूहका सह(संस्थापक तथा प्रबन्ध निर्देशक, हेमराज ढकाल, अग्नि समूहका प्रबन्ध निर्देशक, क्याबिनेट श्रेष्ठ, ज्योति समूहका निर्देशक, सौरभ ज्योति, भोईथ समूहकी प्रबन्ध निर्देशक, ऋतु सिंह वैद्य, र नाइम्बस समूहका प्रबन्ध निर्देशक, आनन्द बगरिया। यी पाँच व्यावसायिक व्यक्तित्वको अनुभव र दृष्टिकोणले देशभर नयाँ उद्यमशीलता चेतना जगाउने अपेक्षा गरिएको छ।

    शोमा देखिने उद्यमीहरू जस्तै, टीभीएस अपाचे आरटीआर १६० एसई पनि सिमाना तोड्दै अघि बढ्न चाहने आत्मविश्वासी र जोसिला व्यक्तिहरूको लागि डिजाइन गरिएको हो। यसले आफ्नो सेग्मेन्टमा पहिलो पटक मल्टिपल राइड मोड्सको सुविधा ल्याएको छ, जसले चालकलाई शहरको सहजता देखि अप्ठ्यारो मौसम जस्ता भिन्न परिस्थिति अनुसार अनुकूल बन्न सहयोग पुर्याउछ। 

    टीभीएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले दस वर्षभन्दा लामो समयदेखि दुई पाङ्ग्रे सवारी साधन बजारमा सक्रिय रहँदै आएको छ। देशभर ११० डिलर र २८९ सर्भिस प्वाइन्ट भएको यो कम्पनी विश्वसनीयता र सेवा गुणस्तरमा अग्रस्थानमा छ।

    शार्क ट्यांक नेपालले नेपाली उद्यमशीलताको सपना साकार पार्न लागिपरेको यो यात्रा, टीभीएस अपाचे र जगदम्बा मोटर्सको साथमा नवीन सोच, गति र ठूलो लक्ष्य प्राप्त गर्ने प्रेरणाको प्रतीक बनेर अगाडि बढिरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend