२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

सवारी साधन आयात र उत्पादन निर्देशिकाबारे नाडा र यातायात व्यवस्था विभागबीच छलफल


सञ्चार डबली
  • मंगलबार, असार १७ २०८२
  • 6.0K
    SHARES

  • images
    सवारी साधन आयात र उत्पादन निर्देशिकाबारे नाडा र यातायात व्यवस्था विभागबीच छलफल

    काठमाडौं— सवारी साधन आयात, उत्पादन तथा जडानसम्बन्धी प्रस्तावित निर्देशिकाबारे नेपाल अटोमोवाइल्स डिलर्स एसोसिएसन (नाडा) र यातायात व्यवस्था विभागबीच आज मंगलबार विस्तृत छलफल भएको छ।

    नाडा अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले विभागका महानिर्देशक राजिव पोखरेलसँग भेट गरी निर्देशिका २०८२ का तयारी तथा यसको कार्यान्वयनका पक्षमा चासो राख्दै विभागले गरिरहेको प्रयासको प्रशंसा गरेको छ। अध्यक्ष चौधरीले निर्देशिकाका विभिन्न बुँदामा नाडा र विभागबीच थप विस्तृत छलफल आवश्यक रहेको धारणा राखे।

    छलफलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले पनि प्रस्तावित निर्देशिकामा उल्लेख गरिएका केही विषयहरू अझ स्पष्ट र व्यावहारिक बनाउन चरणबद्ध छलफल अपरिहार्य रहेको बताए। त्यस्तै महासचिव सुरेन्द्रकुमार उप्रेतीले सरकार गलत काम गर्नेहरुलाई दण्डित र सही काम गर्नेहरुलाई पुरस्कृत गर्ने नीतिमा उभिनुपर्ने बताए। उनले नेपालमै ब्याट्री उद्योगहरूको स्थापना भइसकेको जानकारीसमेत राखे।

    यस अवसरमा विभागका प्राविधिक निर्देशक श्रीकान्त यादवले प्रस्तावित निर्देशिका तयार पार्दा संयुक्त राष्ट्रसंघ र युरोपेली युनियनका मापदण्डको समेत अध्ययन गरिएको जानकारी गराए।

    छलफलको अन्त्यमा महानिर्देशक पोखरेलले नाडा जस्ता मुख्य सरोकारवालाहरूसँग निरन्तर समन्वय गर्दै स्पष्ट नीति निर्माण गरिने बताए। हालसम्म सवारी साधन आयातका विषयमा कुनै स्पष्ट व्यवस्था नभएकोले सो निर्देशिका ल्याउने तयारी भइरहेको उनले स्पष्ट पारे। पोखरेलले नाडासँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend