२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

साढे २६% बढ्यो जीवन बीमाको नयाँ व्यापार, क-कस्को कति ?


सञ्चार डबली
  • मंगलबार, असार १७ २०८२
  • 6.7K
    SHARES

  • images
    साढे २६% बढ्यो जीवन बीमाको नयाँ व्यापार, क-कस्को कति ?

    काठमाडौं ।  जीवन बीमाको व्यापार करिब साढे २६ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्ष ११ महिना जेठसम्मको नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो।

    चालु आर्थिक वर्षमा १४ वटा जीवन बीमा कम्पनीले जेठसम्म ३१ अर्ब ३४ करोड ६४ लाख संकलन गरेका छन्। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीहरुले २४ अर्ब ७९ करोड १ लाख संकलन गरेका थिए। अघिल्लो वर्षको तुलनामा यस वर्ष २६.४५ प्रतिशतले जीवन बीमा बढेको छ।

    नेपाल लाइफ नयाँ व्यापार भित्र्याउनेमा अग्र स्थानमा रहेको छ भने वृद्धिदरका हिसाबले राष्ट्रिय जीवन बीमा कम्पनी अगाडि रहेको छ।

    नेपाल लाइफले चालु आर्थिक वर्षको जेठसम्म ७ अर्ब ९१ करोड १३ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ५ अर्ब ६७ करोड ३६ लख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नयाँ व्यापार ३९.४४ प्रतिशतले बढेको छ।

    नेसनल लाइफ दोस्रोमा रहेको छ। कम्पनीले चालु आर्थिक वर्षको जेठसम्म ४ अर्ब ७० करोड ३५ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको नयाँ व्यापार २०.३८ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष जेठसम्म कम्पनीले ३ अर्ब ९० करोड ७३ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको थियो।

    तेस्रो कम्पनीमा लाइफ इन्स्योरेन्स (एलआईसी नेपाल) रहेको छ। यो कम्पनीले अघिल्लो वर्ष जेठसम्म २ अर्ब ६ करोड ९९ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेकोमा समीक्षा अवधिमा १६.४६ प्रतिशतले बढेर २ अर्ब ४१ करोड ६ लाख रुपैयाँ पुगेको छ।

    यसैगरी चालु आर्थिक वर्षको जेठसम्म सूर्यज्योति लाइफले २ अर्ब ३५ करोड ६६ लाख रुपैयाँ, हिमालयन लाइफ २ अर्ब १६ करोड ७४ लाख रुपैयाँ, सिटिजन लाइफले १ अर्ब २३ करोड २३ लाख रुपैयाँ, एसियन लाइफले १ अर्ब ५८ करोड ९७ लाख रुपैयाँ र सानिमा रिलायन्स लाइफले १ अर्ब ४९ करोड २३ लाख प्रथम बीमाशुल्क संकलन गरेका छन्। अघिल्लो वर्ष जेठसम्मको तुलनामा नयाँ व्यापार सूर्यज्योति लाइफको २४।७३ प्रतिशत, हिमालयन लाइफको ६.१३ प्रतिशत, सिटिजन लाइफको १४।७० प्रतिशत, एसियन लाइफको २७।३८ प्रतिशत र सानिमा रिलायन्स लाइफको १२।१६ प्रतिशतले बढेको छ।

    चालु आर्थिक वर्षको ११ महिनामा रिलायबल नेपाल लाइफले १ अर्ब ३३ करोड ४० लाख रुपैयाँ, आइएमई लाइफले १ अर्ब २६ करोड ४३ लाख रुपैयाँ, मेट लाइफले १ अर्ब २५ करोड ८३ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १ अर्ब २४ करोड ४० लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ९५ करोड ९६ लाख रुपैयाँ र सन नेपाल लाइफले ९२ करोड १७ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन्। अघिल्लो वर्ष जेठसम्मको तुलनामा नयाँ व्यापार रिलायबल नेपाल लाइफको २३.१७ प्रतिशत, आइएमई लाइफको २९.३१ प्रतिशत, मेट लाइफको ८.८५ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ५१.०२ प्रतिशत, राष्ट्रिय जीवन बीमा कम्पनीको ९०।९५ प्रतिशत र सन नेपाल लाइफको ६०.२५ प्रतिशतले बढेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend