२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

यामाहा नेपालद्वारा काठमाडौँको गोंगबुमा नयाँ थ्री एस शोरुमको उद्घाटन


सञ्चार डबली
  • शुक्रबार, असार १३ २०८२
  • 6.9K
    SHARES

  • images
    यामाहा नेपालद्वारा काठमाडौँको गोंगबुमा नयाँ थ्री एस शोरुमको उद्घाटन

    शुक्रवार, असार १३ २०८२
    काठमाडौँ । यामाहा नेपालले काठमाडौँको गोंगबुमा नयाँ थ्री एस फ्यासिलिटी (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) भएको शोरुम ‘मोटो क्राफ्ट्स प्रा.लि.’ को उद्घाटन गरेको छ।

    प्रमुख अतिथि, टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी एवम् विशेष अतिथिहरू एमएडब्ल्यू ग्रुप अफ कम्पनीजका समूह निर्देशक गोपाल कुमार अग्रवाल र एमएडब्ल्यू राइड्स प्रालिका कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमार अग्रवालको उपस्थितिमा शोरुमको औपचारिक उद्घाटन गरिएको थियो। कार्यक्रममा टोखा वडा नम्बर ९ का वडा अध्यक्ष रामभक्त घिमिरेलाई अतिथीका रूपमा स्वागत गरिएको थियो ।

    आधुनिक पूर्वाधार र दक्ष टिम सहितको मोटो क्राफ्ट्स प्रालिले अब यामाहाको विश्वसनीय 3s अनुभव एकै छानामुनि उपलब्ध गराउने छ, जहाँ ग्राहकहरूले बिस्तृत सेल्स कन्सल्टेसन र भरपर्दो आफ्टर सेल्स सर्भिस लिन र सक्कली स्पेयर पार्ट्सहरू एकै स्थानमा पाउन सक्नेछन् ।

    कार्यक्रममा बोल्दै गोपालकुमार अग्रवालले भने, “यामाहा पर्फर्मेन्स, भरपर्दो प्रविधि र इनोभेसनसँग जोडिएको ब्रान्ड हो। गोंगबुमा मोटो क्राफ्ट्स प्रालि सुरु गरेर हामीले नयाँ शोरुममात्र खोलेका छैनौँ, बरु यामाहाका प्रत्येक ग्राहकसम्म पुग्ने गरी हाम्रो उत्कृष्टताको प्रतिबद्धता फैलाईरहेका छौँ। हामी सधैँ पार्टनर र समुदायसँगै अगाडि बढ्नमा विश्वास गर्छौं र यो शोरुम त्यसैको प्रतिबिम्ब हो।”

    maw.jpg
    undefined

    त्यस्तै, कार्यक्रममा आफ्नो धारणा राख्दै एमएडब्लु राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपककुमार अग्रवालले भने, “गोंगबुमा नयाँ 3s शोरुम सुरु गर्नु भनेको हामीले यामाहाका उत्कृष्ट उत्पादन र सेवाहरू ग्राहकको नजिक पुर्‍याउने प्रयासकै अर्को कदम हो। हामी सधैं ग्राहक सेवा, पूर्वाधार र प्राविधिक क्षमतामा उच्च मापदण्ड कायम गर्दै नेटवर्क विस्तारमा अग्रसर रहनेछौँ।”

    मोटो क्राफ्ट्स प्रालिका कार्यकारी निर्देशक सुरोज न्हेम्हाफुकीले आफ्नो प्रतिबद्धता व्यक्त गर्दै भने, “मोटो क्राफ्ट्सबाट हामी उच्च गुणस्तरका यामाहा दुई पाङ्ग्रे सवारी साधनको बिक्री मात्र नभई भरपर्दो आफ्टर सेल्स सर्भिस मार्फत पनि उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न समर्पित छौं। हाम्रो लक्ष्य भनेको सेल्सदेखि सर्भिस हुँदै हरेक चरणमा ग्राहक सन्तुष्टि सुनिश्चित गरेर प्रत्येक राइडरसँग दीर्घकालीन विश्वास निर्माण गर्नु हो।”

    यस नयाँ शोरुमको शुभारम्भसँगै यामाहा नेपालले आफ्नो डिलर नेटवर्क अझ सशक्त बनाएको छ। अब गोंगबु र आसपासका ग्राहकले सजिलै यामाहाका मोटरसाइकल, स्कुटर, सर्भिस र स्पेयर पार्ट्स पाउन सक्नेछन्।

    एमएडब्लू राइड्स अन्तर्गतको यामाहा नेपालले भरपर्दो प्रविधि, इनोभेसन र ग्राहक सन्तुष्टिको प्रतिबद्धता मार्फत नेपाली दुईपांग्रे बजारको अगुवाइ गर्दै आएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend