२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

सरकारसँग सहकार्य गर्दै रोजगारी सिर्जना गर्ने उद्देश्यसहित अगाडि बढेका छौँ : चन्द्र ढकाल


सञ्चार डबली
  • बिहीबार , असार १२ २०८२
  • 6.4K
    SHARES

  • images
    सरकारसँग सहकार्य गर्दै रोजगारी सिर्जना गर्ने उद्देश्यसहित अगाडि बढेका छौँ : चन्द्र ढकाल

    काठमाडौँ - उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सरकारसँग सहकार्य गर्दै रोजगारी सिर्जना गर्ने उद्देश्यसहित अगाडि बढेको बताएका छन् । बुधबार काठमाडौँमा आयोजित एभरेष्ट  फाइबर सिमेण्ट बोर्ड प्रालिको समुउद्घाटन तथा उत्पादन सार्वजनिक समारोहमा बोल्दै उनले सरकारसँग सहकार्य गर्दै रोजगारी सिर्जना गर्ने काममा अगाडि बढेको भन्दै त्यसको लागि सरकारलाई सुझाव दिनको लागि महासंघको पहलमा उच्चस्तरिय आर्थिक सुधार आयोग बनाउनुपर्ने बताए । 

    उनले भने, ‘नेपालमा लगानीको वातावरण छैन, लगानीको सम्भावना छैन भन्ने कुरा उठेको बेला लगानीको वातावरण कसरी बनाउने, कसरी सरकारसँग सहकार्य गरेर अगाडि बढ्ने, कसरी रोजगारी सिर्जना गर्ने भन्ने लगायतका उद्देश्यसहित हामीले काम सुरु गरेका थियौँ । उद्योग वाणिज्य महासंघको पहलमा हाम्रो परम्परागत कानूनहरू परिवर्तन गर्नको लागि उच्चस्तरिय आर्थिक सुधार आयोग बनाउनु पर्यो जसले ती परम्परागत कानूनहरू परिमार्जन गर्नको लागि नेपाल सरकारलाई सुझाव दिन सकोस् र त्यो सुझावको आधार लगानीलाई प्रोत्साहन गरोस् भन्ने उद्देश्यहरू राखेर हामीले काम सुरु गरेका थियौँ ।’

    यस्तै, उनले नेपालमा सम्भावना छैन भन्ने नकारात्मक भाष्यलाई चिर्ने हिसाबमा अगाडि बढि रहेको भन्दै नेपालभित्रै रोजगारी सिर्जना गर्न सक्यौँ दिगो विकास सहज हुने बताए । 

    उनले भने, ‘नेपालमा सम्भावना छैन भन्ने जुन नकारात्मक हिसाबको एउटा भाष्य बनि रहेको अवस्थामा नेपालमा सम्भावना छ भन्ने खालको प्रचार गर्दै अगाडि बढि रहेका छौँ । हामीले यही नै रोजगारी सिर्जना गर्न सक्यौँ भने आफैँले आन्तरिक रूपमा पूर्वाधार विकास गर्न सक्छौँ । हामीले बाहिरी सहयोग भन्दा पनि आन्तरिक रूपमा रोजगारी बढाएर आर्थिक विकास गर्ने हो भने दिगो रूपमा विकास हुन सक्छ भन्ने विश्वासका साथ अघि बढ्नुपर्छ ।’ 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend