२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

निराशा र स्टन्टवाजीले मुलुकको विकास हुँदैन : ज्ञानेन्द्र कार्की


सञ्चार डबली
  • सोमबार, असार ९ २०८२
  • 6.8K
    SHARES

  • निराशा र स्टन्टवाजीले मुलुकको विकास हुँदैन : ज्ञानेन्द्र कार्की

    काठमाडौं । नेपाली कांग्रेसका नेता ज्ञानेन्द्र कार्कीले छिमेकी मुलुक चीन र भारतमा तीव्र विकास भए पनि नेपालमा व्यवस्था मात्र परिवर्तन भएको अवस्था परिवर्तन नभएको गुनासो आइरहेको बताएका छन् । 

    प्रतिनिधि सभाको आइतबारको बैठकमा सांसद कार्कीले मुलुकमा केही भएन र म भए मात्र विकास हुन्छ, अर्को हुँदा विकास नै हुँदैन भनेर भाष्य निर्माण गर्नु गलत भएको बताए । उनले देशमा किन विकास भएन भनेर पनि आवाज उठिरहेको बताए । 

    ‘व्यवस्था परिवर्तन भयो तर जनताको अवस्था परिवर्तन भएन भन्ने आवाज सर्वत्र उठिरहेको छ’, कार्कीले भने, ‘प्रजातन्त्र आएको करिब ३६ वर्ष हुन लाग्यो । गणतन्त्र आएको करिब १७ वर्ष भयो, संविधान जारी भएको करिब १० वर्ष हुन लाग्यो । अरू देशको विकास हुने अरू देशको विकास हुने हाम्रो देशको किन नहुने ?’ उनले अरू देशले कसरी विकास गरे र हामीले किन गरेनौ भनेर विश्लेषण नगर्ने हो भने निराशा व्यक्त गरेर र स्टन्टवाजीमात्र गरेर मात्र मुलुकको विकास गर्न नसकिने बताए । 

    ‘मुलुकको विकासका लागि राजनीतिक स्थिरता, नेतृत्वको इच्छाशक्ति, नीतिगत स्थिरता र विकास निर्माणका दीर्घकालीन सोचका साथ योजना अघि बढाउने र सबै दलको प्रतिविद्धताविना देश विकास सम्भव छैन ।’ 

    हाम्रो विकासको मोडलबारे समेत पुनर्विचार र अध्ययन गर्नुपर्ने कार्कीको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend