२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

अबको निर्वाचनमा रास्वपा पहिलो ठूलो दल बन्ने कुरामा कुनै शंका छैन: सोविता गौतम


सञ्चार डबली
  • सोमबार, असार ९ २०८२
  • 6.1K
    SHARES

  • images
    अबको निर्वाचनमा रास्वपा पहिलो ठूलो दल बन्ने कुरामा कुनै शंका छैन: सोविता गौतम

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोविता गौतमले भारतमा रहेका नेपालीहरूको उत्साहले आगामी निर्वाचनमा रास्वपा देशको पहिलो ठूलो दल बन्नेमा कुनै शंका नरहेको बताएकी छन्।

    आइतबार भारतको कर्नाटक राज्यको बैंगलोरमा आयोजित पार्टीको राज्य समिति घोषणा सभालाई सम्बोधन गर्दै उनले यस्तो विश्वास व्यक्त गरेकी हुन्।

    राष्ट्रिय स्वतन्त्र पार्टी, प्रवासी नेपाली सम्पर्क मञ्च, भारतअन्तर्गत कर्नाटक राज्य समितिको घोषणा सभा आइतबार बैंगलोरमा हजारौं नेपालीको उपस्थितिमा सम्पन्न भएको हो। कार्यक्रममा गौतमसँगै रास्वपाका केन्द्रीय सदस्य हरि ढकालको पनि उपस्थिति थिए।

    कार्यक्रमपछि सामाजिक सञ्जालमा लेख्दै उनले भारतमा रोजगारीका लागि पुगेका नेपालीहरूको उत्साह र निर्वाचनप्रतिको व्यग्र प्रतीक्षाले आफूलाई उत्साहित बनाएको उल्लेख गरिन्।

    ‘अधिकांश साथीहरू सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशबाट रोजगारीका लागि यहाँ आउनुभएको रहेछ। उहाँहरूले आउने निर्वाचनमा अनिवार्य नेपाल फर्किने र देशको भाग्य बदल्ने अभियानमा सहभागी हुने उत्साह व्यक्त गर्नुभयो,‘ उनले लेखेकी छन्, ‘हाम्रो आग्रहभन्दा बढी उहाँहरूको उत्साह र निर्वाचनप्रति देखिएको व्यग्र प्रतीक्षाले अबको निर्वाचनमा रास्वपा पहिलो ठूलो दल बन्ने कुरामा कुनै शंका छैन।’

    देशबाट टाढा भए पनि नेपालीहरूको मनमा समृद्ध नेपालको सपना रहेको बताउँदै उनले आगामी निर्वाचनमा जनताले मतपत्रको शक्तिबाट आफ्नो भाग्य आफैं लेख्ने विश्वास व्यक्त गरिन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend