२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

सरकारले संविधान संशोधनमा ढिलाइ गर्नुहुँदैन : प्रवक्ता डा. महत


सञ्चार डबली
  • बुधबार, असार ४ २०८२
  • 5.4K
    SHARES

  • images
    सरकारले संविधान संशोधनमा ढिलाइ गर्नुहुँदैन : प्रवक्ता डा. महत

    म्याग्दी, असार ४ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सरकारले संविधान संशोधन प्रक्रिया अघि बढाउन ढिलाइ गर्न नहुने बताएका छन् । नेपाली काँग्रेस म्याग्दीले आज बेनीमा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा प्रवक्ता महतले सहमतिअनुसार संविधान संशोधनको प्रक्रिया तत्काल थालनी हुनुपर्नेमा जोड दिए। 

    एक वर्षअघि नेपाली काँग्रेसको समर्थनमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्दा दुई दलबिच भएको सात बुँदे सहमतिअनुसार संविधान संशोधनको काम अघि बढाउनुपर्ने उनको भनाइ थियो । 

    “सहमति बमोजिम काम नहुँदा काँग्रेस र एमाले सत्ताका लागि एक ठाउँमा आए भन्ने सन्देश जनतामा गएको छ,” उनले भने “काँग्रेस र एमालेको सरकार गठन गर्नुको औचित्य पुष्टि गर्नका लागि पनि सरकारले संविधान संशोधनको प्रक्रिया अघि बढाउन ढिलाइ गर्नुहुँदैन ।” सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा केही सुधार गर्ने कोसिस भए पनि अझै ठोस् र स्पष्ट रूपमा आउन नसकेको प्रवक्ता डा महतको भनाइ थियो । पार्टीको नीति र सिद्धान्त उत्कृष्ट भए पनि व्यक्तिवादी चरित्र हाबी हुँदा केन्द्रदेखि टोलसम्म सङ्गठन कमजोर बनेको उनले बताए । 

    क्रियाशील सदस्यतालगायतका काम बाँकी रहेकाले काँग्रेसको महाधिवेशन आउने मङ्सिरमा सम्भव नहुने नेता डा महतले बताए । कर्मचारीलाई मुद्दा लाग्दैमा भिजिट भिसा मुद्दामा गृहमन्त्री रमेश लेखकले राजीनामा दिन आवश्यक नरहेको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend