२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

ग्राहकलाई ठगेको पाइए जुनसुकै बैंकलाई तुरून्तै कारवाही हुनेछ : गभर्नर डा.पौडेल


सञ्चार डबली
  • मंगलबार, असार ३ २०८२
  • 5.4K
    SHARES

  • ग्राहकलाई ठगेको पाइए जुनसुकै बैंकलाई तुरून्तै कारवाही हुनेछ : गभर्नर डा.पौडेल

    जनकपुर, असार ३ । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले कुनै पनि बैंकले ग्राहकलाई ठगी गरेको पाइएमा तुरून्त कारबाही गर्ने चेतावनी दिएका छन् ।

    सोमबार जनकपुरधाममा नेपाल उद्योग वाणिज्य महासंघ र बैंक तथा वित्तीय संस्थाका पदाधिकारीहरूसंग छलफल गर्दै गभर्नर डा.पौडेलले ग्राहकलाई समस्यामा पार्ने वा विभिन्न वाहानामा ठगी गरेको पाइए सो बैंकलाई तुरून्त कारवाही गर्ने चेतावनी दिएका हुन् । 

    धनुषाका व्यापारीहरूले विगतमा बैंकहरूले धित्तो राखि ऋण लिएका ऋणीहरूलाई विभिन्न जटिल परिस्थिती उत्पन्न गरी धित्तो निलाम गरेको गुनासो गरेपछि गभर्नर डा.पौडेलले यस्तो निर्देशन दिएका हुन ।

    छलफमा धनुषाका व्यवसायीहरूले कम रकमको ऋण लिन आउने साना व्यवपारी तथा किसानलाई बैंकले वास्ता नगर्ने गरेको गुनासो पोखेका थिए । सो कुरामा  गभर्नर डा.पौडेलले गम्भिरता जनाउँदै बैंकहरूलाई जोसुकै ऋण लिन आउने ग्राहकलाई स–सम्मान व्यवहार गर्न निर्देशन दिए ।

    उनले बैंकहरूलाई ऋण लिन आउने जोसुकैसँग राम्ररी व्यवहार गर्न र ग्रामिण भेगका किसान र अशिक्षित ग्राहकहरूका लागि विशेष दोभाषे बैंकमा व्यवस्था गर्न निर्देशन दिए ।

    छलफलका क्रममा मिटरब्याजका समस्या न्यूनीकरण गर्न सरकारले अपनाएका कदमहरू राम्रो भएपनि ग्रामीण भेगमा बसोबास गर्ने गरिब जनताहरूलाई विवाह भोज भतेरका लागि ऋण पाउन अझः गार्हो भएको निष्कर्ष निकालिएकोमा गभर्नर डा. पौडेलले यसको समाधानका लागि सरकारले थप नीति बनाउन आवश्यक रहेको धारणा राखे ।

    छलफलमा बैंकहरूका प्रतिनिधिहरूले मधेश प्रदेशमा ऋण लिनेको संख्या भन्दा ऋण लिएर तिर्न नसक्नेको संख्या बढी भएको गुनासो गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend