२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

योगेश भट्टराईले भने - रास्वपा संसद्मा बादलभित्र हराएको कागजजस्तो, उद्देश्य र गन्तव्यविहीन


सञ्चार डबली
  • आइतबार, असार १ २०८२
  • 8.3K
    SHARES

  • images
    योगेश भट्टराईले भने  - रास्वपा संसद्मा बादलभित्र हराएको कागजजस्तो, उद्देश्य र गन्तव्यविहीन

    काठमाडौँ, असार १ । नेकपा (एमाले) का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई संसद्भित्र नेतृत्वविहीन, उद्देश्यविहीन र गन्तव्यविहीन अवस्थामा रहेको टिप्पणी गरेका छन्। 

    आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले रास्वपाको भित्रि अवस्था एकअर्काबीच समन्वयविहीन र छरपस्ट भएको बताएका हुन्।

    “रास्वपा नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै आएको सम्माननीय पार्टी हो,” भट्टराईले भने, “पढेलेखेका र ऊर्जाशील युवाहरूको समूह हो, तर पछिल्ला घटनाले संसद्मा उनीहरू कुहिरोभित्र हराएको कागजजस्तो देखिन थालेका छन्। पार्टी नेतृत्वविहीन हुँदा त्यस्तो अन्योल देखिन्छ।”

    उनका अनुसार पार्टीभित्र समन्वयको अभाव र नेताहरूबीच आपसी असहमति अहिलेको अन्योलपूर्ण स्थितिको मुख्य कारण हो। “एउटाले भनेको कुरा अर्काले मान्दैन, यस्तो अवस्थामा पार्टी छरपस्ट हुन्छ,” उनले थपे।

    पूर्वमन्त्री भट्टराईले भिजिट भिसा प्रकरणबारे सरकारले अनुसन्धानमा पूर्ण प्रतिबद्धता जनाएको पनि जानकारी गराए। उनका अनुसार दीर्घकालीन रूपमा कानुनी तथा संरचनागत सुधार गर्न सरकारले तयारी गरिरहेको छ।

    “अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान प्रक्रिया अघि बढाइसकेको छ। नेपालीहरू विदेशमा ठगिन नपरोस् भन्ने साझा भावना सबैमा छ,” उनले बताए।

    उनले रास्वपाले छानबिनको सुनिश्चितता खोजेको उल्लेख गर्दै भने, “नेपाली कांग्रेस र एमालेबीच बसेर हामीले उनीहरूलाई अनुसन्धानको सुनिश्चितता दिने सहमति गरेका थियौं। एक महिनाभित्र काम सुरु गर्ने प्रस्तावसमेत आएको थियो, जसमा हामी सहमत थियौं। तर, पछि रास्वपा पछाडि हट्यो, कारण स्पष्ट छैन।”

    भिजिट भिसा प्रकरण छानबिनका लागि संसदीय समिति गठन र गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज पनि संसद् बैठक अवरुद्ध गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend