२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न


सञ्चार डबली
  • शुक्रबार, जेठ ३० २०८२
  • 5.8K
    SHARES

  • images
    हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

    काठमाडौं, जेठ ३० । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले विश्व रक्तदाता दिवसको अवसर पारेर गरेको रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । रक्तदान कार्यक्रम हिमालयन एभरेष्ट इन्स्योरेन्सको मुख्य कार्यालय, बबरमहल, काठमाडौंमा भएको थियो ।

    उक्त कार्यक्रममा कम्पनीका कर्मचारी, बिमित वर्ग, सेवाग्राहीहरू गरेर ३३ जनाले रक्तदान गरेका थिए । 

    कार्यक्रममा फ्रन्टलाइन अस्पतालले क्लिनिकल तथा चिकित्सकीय सहयोग उपलब्ध गराएको थियो । यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूमा निरन्तर सक्रियता रहने कम्पनीले जनाएको छ ।

    उक्त अवसरमा सहभागी सबै रक्तदाताहरूलाई धन्यवाद स्वरुप प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend