२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

केटीएम नेपालले सार्वजनिक गर्यो KTM 250 DUKE को नयाँ मूल्य, उही शक्ति र क्षमता तर कम मूल्यमा


सञ्चार डबली
  • बुधबार, जेठ २८ २०८२
  • 6.2K
    SHARES

  • images
    केटीएम नेपालले सार्वजनिक गर्यो KTM 250 DUKE को नयाँ मूल्य, उही शक्ति र क्षमता तर कम मूल्यमा

    काठमाडौँ, जेठ २८ । केटीएम नेपालले  KTM 250 DUKE को संशोधित मूल्य सार्वजनिक गरेको छ।  अब यो मोटरसाइकल रु.७,१३,९०० मा उपलब्ध हुनेछ, जुन पहिलेको मूल्य रु. ७,५९,९०० भन्दा कम हो। 

    यो रणनीतिक मूल्य समायोजनले नेपालभरका राइडरहरूलाई उच्च प्रदर्शनयुक्त मोटरसाइकलहरू अझ सुलभ बनाउने केटीएमको प्रतिबद्धतालाई पुष्टि गर्दछ।

    आक्रामक डिजाइन, शक्तिशाली २५० सिसी इन्जिन र तीव्र ह्यान्डलिङको लागि परिचित  KTM 250 DUKE ले अझै पनि मोटरसाइकल प्रेमीहरूलाई रोमाञ्चक राइडिङ अनुभव प्रदान गर्न जारी राखेको छ। 

    अब यो नयाँ मूल्यमा, राइडरहरूले केटीएमको रोमाञ्चकता कुनै सम्झौता नगरी अनुभूत गर्न सक्ने जनाउँदै कम्पनीले भनेको छ, “मूल्य घटेको छ, तर केटीएमको क्षमता होइन।”

    यो मूल्य समायोजन केटीएम नेपालको निरन्तर प्रयासको हिस्सा हो, जसले बजारमा प्रिमियम मोटरसाइकलहरूलाई अझ पहुँचयोग्य बनाउँदै अद्वितीय मूल्य प्रदान गर्ने लक्ष्य राखेको छ। 

    ग्राहकहरूले देशभरका आधिकारिक केटीएम शोरूममा गई आफ्नो बाइक बुक गर्न सक्नेछन् र DUKE को डीएनए प्रत्यक्ष अनुभव गर्न सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend