२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ८ औँ वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित


सञ्चार डबली
  • मंगलबार, जेठ २७ २०८२
  • 5.9K
    SHARES

  • images
    प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ८ औँ वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

    काठमाडौं, जेठ २७ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको ८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  कम्पनीको उक्त सभा सोमबार कम्पनीकी अध्यक्ष शिक्षा भट्टचनको अध्यक्षतामा सम्पन्न भएको हो । 
     
    काठमाडौँमा सम्पन्न सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।  

    सभाले सेयरधनीहरूलाई आर्थिक वर्ष २०८०/८१ का लागि ८ प्रतिशत बोनस सेयर र ०.४२१ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

    बोनस सेयर वितरणसँगै नियमकारी निकाय नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम तोकिएको न्यूनतम चुक्ता पूँजी पुग्नेछ । सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend