२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

उपचार अभावमा जीवन र मृत्युको दोसाँधमा तेह्रथुमका दुलाल, सहयोगको अपिल


सञ्चार डबली
  • आइतबार, जेठ २५ २०८२
  • 6.5K
    SHARES

  • images
    उपचार अभावमा जीवन र मृत्युको दोसाँधमा तेह्रथुमका दुलाल, सहयोगको अपिल


     तेह्रथुम जिल्ला फेदाप गाउँपालिका–२ का ४५ बर्षिया महाप्रसाद दुलाल अहिले जीवन र मृत्युको दोसाँधमा छन्। उनी आन्द्रा बटारिने जस्तो जटिल र पीडादायी रोगले ग्रस्त छन्, जुन रोग समयमै शल्यक्रिया नगरे ज्यान गुमाउने अवस्था समेत देखा पर्न सक्छ।

    महाप्रसादको रोग ६ महिना अघि पनि देखिएको थियो। गाउँघरबाट चन्दा, ऋण र छरछिमेकको सहयोगमा जुटाइएको रकमले बिराटनगरस्थित नोबेल अस्पतालमा पहिलो पटक शल्यक्रिया गरिएको थियो। उपचारपछि उनी केही समयका लागि सामान्य भए पनि रोग फेरि बल्झिएको छ। अहिले आन्द्राको अर्को भागमा समस्या देखिएको र तत्काल पुनः शल्यक्रिया आवश्यक परेको चिकित्सकहरूले बताएका छन्। पुरानो ऋण अझै तिर्न नसकिएको महाप्रसाद बताउँछन्। उनी भन्छन्, “हातमुख जोर्नै कठिन भएको बेला उपचारको अर्को चरण सुरु गर्नु मेरो लागि सम्भव छैन।”

     महाप्रसादको अझै पीडादायक पक्ष भनेको उनको पारिवारिक पृष्ठभूमि हो। महाप्रसादका ८० वर्षीय बुवा लेखप्रसाद दुलाल आफैं घुँडाको समस्याले थला परेका छन्। तीन वर्षअघि श्रीमतीको मृत्यु भएपछि महाप्रसादमाथि १४, ११, ८, र ३ वर्षका छोरा–छोरीहरू तथा ८० वर्षीय बुबाको जिम्मेवारी परेको छ। परिवार चलाउनु, सन्तानको हेरचाह गर्नु, वृद्ध बुबाको सेवा गर्नु र गम्भीर रोगसँग लड्नु, यी सबै एकसाथ धान्न सक्ने क्षमता अहिले नरहेको महाप्रसाद बताउँछन्।

     
    उनी केही सहयोग लिएर फेरि बिराटनगरको नोबेल अस्पताल पुगेका छन्, तर आर्थिक अभावले उपचार थाल्न सकेका छैनन्। उनका वृद्ध बुबा लेखप्रसाद भन्छन्, “छोराको उपचार कसरी गरौं,  म आफैं जीवनको अन्त्यतिर छु,” भन्दै टोलाउँछन्। उनी थप्छन्, “रोग, दुख, र अभावले हाम्रो घरमा आँधी आएको छ।”

    महाप्रसाद अहिले जीवनका लागि लडिरहेका छन्। उहाँको उपचारमा तपाईंले गर्ने सानो सहयोग पनि एक जीवनको आशा बन्न सक्छ।  सहयोग गर्न चाहनुहुने महानुभावहरूका लागि विवरण ः 

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend