२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा खाद्यान्न सामग्री वितरण


सञ्चार डबली
  • शुक्रबार, जेठ २३ २०८२
  • 6.3K
    SHARES

  • images
    सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा खाद्यान्न सामग्री वितरण

    शुक्रबार, २३ जेठ २०८२  

    काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले काठमाडौंको मैत्री सेवा आश्रममा खाधान्न सामग्री वितरण गरेको छ ।संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीको तर्फबाट क्षेत्रीय प्रबन्धक नरेश थापा र शाखा प्रबन्धक रोजिना मानन्धरले खाधान्न सामग्री उक्त आश्रमलाई बुधबार हस्तान्तरण गरेको इन्स्योरेन्सले जनाएको छ । हाल यस आश्रममा ३० जना आश्रित आमा–बुबाहरुले सेवा लिँदै आएका छन् ।

    कम्पनीले आगामी दिनमा समेत विभिन्न गतिविधि मार्फत सक्रिय रुपमा समाजप्रतिको उत्तरदायित्वलाई आत्मसात गरी शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता र विपद् व्यवस्थापन जस्ता क्षेत्रहरूमा योगदान पुर्याउने योजना रहेको बताएको छ ।

    यी प्रयासहरूले संस्थाले नाफामुखी व्यापारसँगै सामाजिक हितलाई पनि अगाडि बढाउने विश्वास लिएको इन्स्योरेन्सले जनाएको छ । भविष्यमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू अझ प्रभावकारी र समुदायमैत्री बनाउने योजना कम्पनीले बनाएको जारी विज्ञप्तिमा उल्लेख छ ।

    देशभर १६९ शाखा सञ्जाल रहेको कम्पनिको पुँजी ५ अर्बभन्दा बढी रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend