२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

नेपालमा इनड्राइभको पहिलो आधिकारिक कार्यलय खुल्यो, चालकलाई हुन्छ यस्ताे सपोर्ट


सञ्चार डबली
  • शुक्रबार, जेठ २३ २०८२
  • 7.0K
    SHARES

  • images
    नेपालमा इनड्राइभको पहिलो आधिकारिक कार्यलय खुल्यो, चालकलाई हुन्छ यस्ताे सपोर्ट

    काठमाडौं, जेठ २३ । नेपालमा इनड्राइभले पहिलो आधिकारिक कार्यलय सञ्चालनमा ल्याएको छ। कम्पनीले स्थानीय बजारमा सेवा विस्तारका साथै चालक साझेदारहरूलाई प्रत्यक्ष रूपमा सहयोग पु¥याउने उद्देश्यसहित ललितपुरस्थित कुपन्डोलमा पहिलो कार्यालय सञ्चालनमा ल्याएको हो। 

    नयाँ कार्यालय चालक समुदायलाई सशक्त बनाउने र सेवा गुणस्तर सुधार गर्ने केन्द्रको रूपमा कार्यालय सञ्चालन हुने कम्पनीले बताएको छ।

    कार्यालयमार्फत व्यक्तिगत रूपमा चालक सपोर्ट र तालिम, सुरक्षा केन्द्रित कार्यक्रम, स्थानीय बजारअनुकूल सेवा सञ्चालन र समुदायसँगको सम्बन्ध विस्तारका पहल गरिने कम्पनीले जनाएको छ। 

    कार्यालय उद्घाटनको अवसरमा बोल्दै पूर्वभौतिक पूर्वाधार तथा यातायातमन्त्री एवं सांसद प्रकाश ज्वालाले यातायात क्षेत्रमा कुनै पनि प्रकारको सिन्डिकेट हुनु नहुने बताए। 

    ‘अहिलेको युग प्रतिस्पर्धाको हो। नयाँ प्रविधि प्रयोग गर्दै राइड शेयरिङ सेवाहरू सहज रूपमा प्रयोग गर्न पाउनु सबैको हक हो। सिन्डिकेट हुनुहुँदैन,’ पूर्वमन्त्री ज्वालाले भने, ‘सार्वजनिक यातायात र राइड शेयरिङ दुवैलाई व्यवस्थित गर्न संघीय सरकारले छिटोभन्दा छिटो आवश्यक कानुन ल्याउनुपर्छ। राइड शेयरिङलाई रोक्ने होइन, यसले सहयोग गरिरहेको छ। त्यसैले यसलाई प्रोत्साहन गर्नुपर्छ।’ 

    नयाँ कार्यालयमा चालकहरूलाई व्यावसायिक दक्षता बढाउन र उच्चस्तरीय सेवा प्रदान गर्न नियमित प्रशिक्षण सत्र सञ्चालन गरिनेछ। समस्या परेका अवस्थामा चालकहरूले कार्यालयमै आएर सहयोग लिन सक्ने व्यवस्था गरिएको छ। 

    इनड्राइभ नेपालकी निर्देशक रिता पोखरेलले स्थानीय चालकहरूसँग बलियो साझेदारी निर्माण गर्नु कम्पनीको प्राथमिकता रहेको बताइन्। 

    ‘स्थानीय चालकहरूसँग बलियो साझेदारी निर्माण गर्नु हाम्रो प्राथमिकता हो। ललितपुरमा कार्यालय सुरु गर्नु हाम्रो गहिरो प्रतिबद्धताको संकेत हो।’ 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend