२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

प्रधानमन्त्री ओलीले भने: युवाहरू जागिर खोज्नेतिर होइन, सिर्जना गर्नेतिर लाग्नुपर्छ


सञ्चार डबली
  • बुधबार, जेठ २१ २०८२
  • 6.5K
    SHARES

  • images
    प्रधानमन्त्री ओलीले भने: युवाहरू जागिर खोज्नेतिर होइन, सिर्जना गर्नेतिर लाग्नुपर्छ

    काठमाडौं, जेठ २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै उद्यमशीलता र रोजगारी सिर्जना गर्ने युवाहरूका साथमा सरकार रहने भएकाले उच्च मनोबल र आत्मविश्वास लिएर काम गर्न आग्रह गरेका छन्।

    बागबजारस्थित ‘आइडिया स्टुडियो’मा आयोजित ‘नवप्रवर्तक युवाहरूसँग प्रधानमन्त्री’ कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा शिक्षामा जनशक्ति प्रक्षेपणको नीति तर्जुमाका लागि अध्ययन गराएको स्मरण गर्दै आगामी आर्थिक वर्षको बजेटमा ‘जेन्जी’ पुस्ता र ‘स्टार्टअप’का कार्यक्रमलाई उच्च महत्त्व दिइएको बताए। 

    'युवाहरूले हाल जे जस्तो छ, त्यसैमा सन्तोष मान्नु हुन्न। परिवर्तनका लागि र राम्रोका लागि लाग्ने स्वभाव बोक्नुपर्छ। असन्तोष मान्नुपर्छ भन्नुको अर्थ सामाजिक सञ्जालमा मुख छाड्ने प्रवृत्तिहरू पनि ठीक होइन, त्यस्तो गर्नेहरू उल्टै पारिवारिक तनावमा परेका हुन्छन्। अब युवाहरूले जब खोज्नेतिर होइन, जब सिर्जना गर्नेतिर लाग्नुपर्छ। उद्यमशीलता, रोजगारी, बजारीकरण र नयाँपनका माध्यमबाट स्वदेशमै अवसर छ भन्ने देखाएर कामकै लागि युवाहरू विदेश जाने क्रम रोक्नुपर्छ,' उनले भने।

    प्रधानमन्त्री ओलीले युवाहरूले रचनात्मकतामा निरन्तरता दिनुपर्नेमा जोड दिँदै सुरङमार्ग, जलमार्गजस्ता पूर्वाधार विकासमा भइरहेकाले सरकार र सबै क्षेत्रको सत्प्रयासबाट मुलुकको समृद्धि हासिल हुने बताए। प्रधानमन्त्री ओलीले ‘आइडिया स्टुडियो’ को सम्वर्द्धनमा स्वदेशमै उत्पादित सामान तथा आविष्कारहरूको प्रदर्शनी अवलोकन गरेका थिए।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend