२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

बाफियाले नेपालको आर्थिक भविष्यलाई निर्धारण गर्छ : गभर्नर पौडेल


सञ्चार डबली
  • सोमबार, जेठ १९ २०८२
  • 6.3K
    SHARES

  • बाफियाले नेपालको आर्थिक भविष्यलाई निर्धारण गर्छ : गभर्नर पौडेल

    काठमाडौं, जेठ १९ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक (बाफिया)ले नेपालको आर्थिक भविष्य नै निर्धारण गर्ने बताएका छन् । प्रतिनिधिसभा अर्थ समितिको सोमबारको बैठकमा बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयकमाथिको छलफलमा उनले यस्तो बताएका हुन् ।

    गभर्नर पौडेलले भने, ‘हाम्रो देशमा भइरहेको ऋणको प्रवाह लगायतको स्थिति हरेर बाफियाले छुट्याउन खोजेको देखिएको छ । बाफियामा भएका केही विधेयकमा भएका बुँदाहरूले नेपालको आर्थिक भविष्यलाई नै निर्धारण गर्छ । त्यसैले यसबारे ध्यान दिनुपर्छ ।’

    यस्तै, उनले बाफियाका बुँदाहरू परिवर्तन भूकम्प आएजसरी हुने उनले जानकारी दिए ।

    पछिल्लो तथ्यांक अनुसार हाम्रो देशको १९ लाख ४० हजार ऋणीहरूमध्ये ०.०१ प्रतिशतले ३.९ प्रतिशत ऋण प्रयोग गरेको भनेर आएको छ । यो एउटा तथ्यांकको संकलन गर्ने विधि परिवर्तन गर्ने हो भने केही व्यक्तिहरूमा धेरै ऋण गएको छ की भन्ने ‘कन्सर्न’ रहेको गभर्नरको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend