२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

गृहमन्त्रीले राजीनामा दिनु आवश्यक छैन : प्रधानमन्त्री ओली


सञ्चार डबली
  • शनिबार, जेठ १७ २०८२
  • 6.8K
    SHARES

  • images
    गृहमन्त्रीले राजीनामा दिनु आवश्यक छैन : प्रधानमन्त्री ओली

    काठमाडौं, जेठ १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु नपर्ने स्पष्ट पारेका छन्। १३औं कान्तिपुर हाफ म्याराथन उद्घाटन कार्यक्रममा बोल्दै उनले गृहमन्त्रीमाथि विपक्षी दलहरूले लगाएका आरोपहरू पूर्वाग्रही, निराधार र अनुचित भएको बताए।

    प्रधानमन्त्री ओलीका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको भिजिट भिसा अनियमितता प्रकरणमा गृहमन्त्री लेखकको कुनै संलग्नता देखिएको छैन। उनले भने, “गृहमन्त्रीको राजीनामा माग गर्नु नितान्त पूर्वाग्रही, अनुचित र राजनीतिक स्वार्थ प्रेरित क्रियाकलाप हो। यस्तो कदमलाई समर्थन गर्न सकिँदैन।”

    विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामाको माग गर्दै संसद् अवरुद्ध गर्दै आएका छन्। तर, उनीहरूले आर्थिक सर्वेक्षण तथा बजेट प्रस्तुतिमा अवरोध गरेका थिएनन्। ओलीले जनतालाई भ्रममा पार्ने र संवैधानिक प्रक्रिया रोक्ने प्रयास लोकतन्त्रको अपमान भएको भन्दै यस्ता गतिविधिप्रति आपत्ति जनाए।

    प्रधानमन्त्रीले छानबिन हुनु आवश्यक भए स्वतन्त्र रूपमा प्रक्रिया अघि बढ्नुपर्ने बताएका छन्। तर, छानबिन अघि नै राजीनामा माग्नु अन्यायपूर्ण र लोकतान्त्रिक मूल्यविपरीत भएको उनको भनाइ थियो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend