२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

हिमालय रोडिज सिजन ७ को टाइटल स्पोन्सरमा यामाहा नेपालको निरन्तरता


सञ्चार डबली
  • शुक्रबार, जेठ १६ २०८२
  • 6.8K
    SHARES

  • images
    हिमालय रोडिज सिजन ७ को टाइटल स्पोन्सरमा यामाहा नेपालको निरन्तरता

    २०८२ जेठ १६ गते

    काठमाडौं । यामाहा नेपालले नेपालको चर्चित रियालिटी शोहिमालय रोडिजको सातौं सिजनका लागि पुनः टाइटल स्पोन्सरको रूपमा सहभागी हुने घोषणा गरेको छ । यस पटकको सिजन ‘हेल अर हेभन’ भन्ने रोमाञ्चक थिम सहित फर्किएको छ ।

    हिमालय टिभीमा साप्ताहिक रूपमा प्रशारण हुने हिमालय रोडिज अन्तर्राष्ट्रिय शो एमटिभी रोडिजबाट प्रेरित नेपालकै सबैभन्दा लोकप्रिय रियालिटी शो हो । कठोर चुनौती, अप्रत्याशित मोडहरू र सशक्त स्टोरी टेलिङले भरिएको यस शोले प्रतियोगीहरूलाई नेपालको सुन्दर भौगोलिक परिवेशमा लगेर शारीरिक र मानसिक रूपमा परीक्षा लिन्छ ।

    पर्फर्मेन्स, स्टायल र एडभेन्चरसँग पहिचान जोडिएको ब्रान्डको रूपमा यामाहा नेपालले सधैं युवा राइडरलाई प्रेरित गर्दै आएको छ । यामाहाले विगत छ वर्षयता निरन्तर रुपमा हिमालय रोजिडमा स्पोन्सर गर्दै आएको छ ।

    एमएडब्लु राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमार अग्रवालका अनुसार यामाहा र रोडिजको साझा डीएनए छ । ‘यस सिजनको ‘हेल अर हेभन’ थिमले हामीले जीवन र यात्रा दुवै ठाउँमा गर्ने छनोटहरूलाई झल्काउँछ । हामी एकपटक फेरि यो प्रेरणादायी सहकार्यमा आबद्ध हुन पाउँदा गर्व गर्दछौ’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend