२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

संघीय लोकतान्त्रिक गणतन्त्रले जनअपेक्षा पूरा गर्नुपर्छ: पूर्ण बस्नेत


सञ्चार डबली
  • बिहीबार , जेठ १५ २०८२
  • 7.2K
    SHARES

  • images
    संघीय लोकतान्त्रिक गणतन्त्रले जनअपेक्षा पूरा गर्नुपर्छ: पूर्ण बस्नेत

    काठमाडौं, जेठ १५ । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले संघीय लोकतान्त्रिक गणतन्त्रले जनताका अपेक्षा पूरा गर्नुपर्ने बताएका छन् ।

     गणतन्त्र दिवस २०८२ को अवसरमा शुभकामना दिँदै बस्नेतले जनताको अवस्थामा बदलाब तथा सबैको पहिचान र अधिकारको सुनिश्चितता संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको जनताका मुख्य अपेक्षा भएको भन्दै यी अपेक्षाहरु पूरा गर्न सकेमात्र गणतन्त्रप्रति जनताको आस्था र गौरव बढ्ने बताएका हुन् ।  

    बस्नेतले व्यवस्था जतिसुकै उत्कृष्ट र उन्नत भएपनि जनताको जनजीवनसँग जोडिएन भने दीगो र टिकाउ नहुने भन्दै समुन्नत समाज निर्माणको अभियानमा सबैलाई एकजुट गराउन गणतन्त्रले विशेष भूमिका खेल्नुपर्ने बताएका छन् ।
      
    गरिबी, बेरोजगारी, पछौटेपनलाई परास्त गरेर मुलुकलाई समृद्धिको यात्रामा डोर्याउनुपर्ने हाम्रो गणतन्त्र शासकहरुको कुशासन, भ्रष्टाचार र अनियमितताका घटना र काण्डले थिलथिलो बन्दै गएको भन्दै उनले आजको दिनमा मुुलुकका लागि यो सबैभन्दा ठूलो चिन्ता र चूनौतिको विषय भएको बताए ।

    यो मुलुकमा राजनीतिक दलहरुले सत्ता प्राप्तिको लागि लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको चरम दुरुपयोग गर्ने गरेको उनको आरोप छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend