काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको ३० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौंको गौशालास्थित अनुपम फुडल्यान्डमा सभा सम्पन्न भएको हो। यस सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन, वित्तीय प्रतिवेदन लेखा परीक्षकको प्रतिवेदन पारित गरेको छ ।
उक्त साधारण सभाले विभिन्न मितिमा रिक्त भई सञ्चालक समितिले नियुक्त गरेका सञ्चालकहरुको नियुक्ति अनुमोदन पनि गरेको छ । सभाको अवसर पारी वित्तीय संस्थाले वित्तीय संस्थामा २० वर्षभन्दा बढी सेवा गर्ने कर्मचारीहरुलाई सम्मान गर्नुको साथै ३० वर्ष भन्दा अधिक सेवा गरी अनिवार्य अवकाश भएका मुकुन्द श्रेष्ठको बिदाई समेत गरेको छ ।



