२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

राजनीतिक समस्या हल गर्न राष्ट्रिय सहमतिमा स्थिर सरकार आवश्यक : साउद


सञ्चार डबली
  • शुक्रबार, जेठ ९ २०८२
  • 6.4K
    SHARES

  • images
    राजनीतिक समस्या हल गर्न राष्ट्रिय सहमतिमा स्थिर सरकार आवश्यक : साउद

    काठमाडौँ, जेठ ९ । नेपाली कांग्रेसका नेता नारायणप्रकाश साउदले नेपालमा बढ्दो राजनीतिक अस्थिरता र भ्रष्टाचारको समस्या समाधानका लागि स्थिर सरकारको आवश्यकता रहेको बताएका छन् । शुक्रकार काठमाडौंमा आयोजित वर्तमान राजनीतिक समस्या र समाधानसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेता साउदले यस्तो बताएका हुन् । 

    उनले राजनीतिक अस्थिरताको जड नै वर्तमान संसदीय  प्रणालीमा रहेको उल्लेख गर्दै राष्ट्रिय सहमति गरेर पाँच वर्षसम्म स्थिर सरकार बनाउनेतर्फ ध्यान दिनुपर्ने बताए । नेता साउदले सरकारी कर्मचारीहरूलाई जिविकोपार्जनका लागि पर्याप्त स्रोत उपलब्ध गराउन नसकिएको कारण अनैतिक गतिविधिहरू बढेको उल्लेख गरे । 

    "राजनीतिक अस्थिरताको बीउ हाम्रो ढाँचामा पनि छ कि जस्तो लाग्छ । त्यसकारण एउटा राष्ट्रिय सहमति बनाएर कमसेकम चार/पाँच वर्षसम्म एउटा सरकार बन्नसक्ने किसिमले र स्थिर सरकार बन्ने किसिमले हामी कसरी अगाडि बढ्न सक्छौँ त्यो हिसाबले हेर्नुपर्ने आवश्यकता म देख्छु," उनले भने । 

    राज्य संयन्त्रमा कार्यरत कर्मचारीहरूले पर्याप्त सेवा सुविधा नपाउँदा भ्रष्टाचारजन्य काम गर्ने गरेको उनको तर्क छ । उनले अव्यवस्थित पूर्वाधार निर्माणका कारण मुलुकको आर्थिक विकास हुन नसकेको पनि उल्लेख गरे । 

    उनले बजेटलाई प्रतिफल दिने योजनाहरूमा भन्दा राजनीति फाइदाको हिसाबले विनियोजन गर्दा मुलुकमा आर्थिक संकट बढ्दै गएको बताए । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend