२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

कांग्रेस देखिने र बुझिने गरी सरकारमा सहभागी छ : उपसभापति खड्का


सञ्चार डबली
  • शुक्रबार, जेठ ९ २०८२
  • 6.4K
    SHARES

  • images
    कांग्रेस देखिने र बुझिने गरी सरकारमा सहभागी छ : उपसभापति खड्का

    काठमाडौँ, जेठ ९ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेस देखिने गरी सरकारमा सहभागी रहेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले कांग्रेस देखिने, बुझिने गरी सरकारमा उपस्थित रहेको उल्लेख गरे । अहिलेको एक किसिमको आवश्यकता, परिस्थिति, अहिलेको संसद्को संरचना विविध कारणले हामी अहिलेको सरकारमा सहभागी बनेको बताए । एउटा मिसन बनाएर मुलुकको संविधान संशोधनको संवैधानिक प्रावधानअनुसार त्यसलाई केन्द्रविन्दुमा राखेर अर्थतन्त्रको सुधार, आर्थिक प्रगतिको कुरा समेतलाई जोडेर आममतदाता, जनतामा सेवा प्रवाहलाई चुस्त दुरुस्त र प्रभावकारी बनाउने लगायतका विषयलाई जोडेर सरकारमा सहभागी रहेको बताए ।

    "सरकारमा छ की छैन भन्ने प्रश्न कांग्रेसका मञ्चबाट गरिनु उपयुक्त हुन्न भन्ने मेरो स्पष्ट धारणा छ । हामी कांग्रेस हौँ । देखिने गरी सरकारमा छौँ । बुझिने गरी छौँ । अहिलेको परिस्थितिको एक किसिमको आवश्यकता, परिस्थिति, अहिलेको संसद्को संरचना विविध कारणले हामी अहिलेको सरकारमा सहभागी भएका छौँ," उनले भने ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend