२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

धितोपत्र बोर्डले नेपाल इन्स्योरेन्सलाई दियो हकप्रद सेयर निष्कासनको अनुमति


सञ्चार डबली
  • बिहीबार , जेठ ८ २०८२
  • 5.1K
    SHARES

  • images
    धितोपत्र बोर्डले नेपाल इन्स्योरेन्सलाई दियो हकप्रद सेयर निष्कासनको अनुमति

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल इन्स्योरेन्स कम्पनीलाई हकप्रद सेयर निष्कासनको अनुमति दिएको छ। बोर्डले बुधबार नेपाल इन्स्योरेन्सलाई हाल कायम चुक्तापुँजीको १०ः४ अनुपातमा अर्थात ४० प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो। अनुमति पाएसँगै कम्पनीले आफ्ना सेयरधनीहरुलाई ६५ करोड ७६ लाख ९३ हजार ७७६ रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्नेछ।

    जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ६५ लाख ७६ हजार ९३७.७६ रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री गर्नेछ।

    हाल १ अर्ब ८९ करोड ८ लाख ७८ हजार ३०० रुपैयाँ रहेको कम्पनीको चुक्तापुँजी हकप्रद बिक्रीपछि २ अर्ब ५४ करोड ८५ लाख ७२ हजार ७६ रुपैयाँ पुग्नेछ। नेपाल बीमा प्राधिकरणले तोकेको निर्जीवन बीमा कम्पनीको न्यूनतम चुक्तापुँजी २ अर्ब ५० रुपैयाँ कायम गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend