२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

हिमालयन रिइन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


सञ्चार डबली
  • बिहीबार , जेठ ८ २०८२
  • 6.8K
    SHARES

  • images
    हिमालयन रिइन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
    काठमाडौं, जेठ ८ । हिमालयन रिइन्सुरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि जेठ ११ गते आइतबार बुक क्लोज गर्दैछ। तसर्थ, आज जेठ ८ गते बिहीबारसम्म  कायम सेयरधनीले मात्र लाभांश प्राप्त गर्न  सक्नेछन् ।
     
    लाभांश प्रस्ताव पारित गर्न जेठ २५ गते साधारण सभा बस्ने भएको छ । सभा, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
     
    साधारण सभामा कम्पनीले ४.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२४ प्रतिशत नगद गरी कुल ४.७५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, सभामा आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ ।
     
    त्यस्तै, सभाले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदान गरिएको खर्च तथा अन्य खर्च रकमको अनुमोदन गर्नेछ । यस्तै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव छ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा समेत तय गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend