२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ साउन २१ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटी मण्डपमा हुने


सञ्चार डबली
  • बिहीबार , जेठ ८ २०८२
  • 5.1K
    SHARES

  • images
    ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ साउन २१ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटी मण्डपमा हुने

    बिहीबार, जेठ ८, २०८२,

    काठमाडौं । नेपाल अटामोबाइल इम्पोर्टर्स एन्ड मेनुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले पहिलो पटक ‘मोबिलिटी एक्स्पो’ गर्ने भएको छ ।

    साउन २१ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटी मण्डपमा सम्पूर्ण अटोमोबाइल क्षेत्रलाई समेट्ने गरी व्यवस्थित तथा भव्य अटोमोबाइल प्रदर्शनी नेपाल मोबिलिटी एक्सपो २०२५ हुन लागेको हो । एक्स्पोका लागि ४४ स्टलको व्यवस्थापन भए पनि हालसम्म ४८ स्टल बुकिङको निवदेन परेको नाइमाले जनाएको छ । जसका कारण स्टल थप गर्र्नुपर्ने अवस्था समेत आएको छ ।

    मोबिलिटी एक्स्पोमा ४ पाङ्ग्रे ब्रान्डहरू बीवाईडी, सिट्रोन, फर्थिङ, ग्रेटवाल मोटर्स, हेनरी भोल्ट्स, हुन्डाई, कार्र्ई, किया, लिप मोटर, एलईभी वन, महिन्द्रा, म्याक्सस, माज्दा, एमजी, मित्सुबिसी, निसान, ओमोडा एन्ड जेक्को, प्युजो, प्रोटोन, रेनो, टोयोटा, फक्सवागन र जिकर सहभागी हुनेछन् ।

    यस्तै दुई पाङ्ग्रे सवारी साधनमा एम्पिएर, एथर, बजाज, बेनेली, सीएफमोटो, गोगोरे, होन्डा, केटीएम, महिन्द्रा, एनआईयू, रेभोल्ट, रोयल इनफिल्ड, सेगवेनाइनबट, सुजुकी ट्रियुम्फ, टीभीएस, अल्ट्राभायलेट, यद्दा, जेइयो ब्रान्ड छन् ।

    यस्तै कमर्सियल गाडीमा चेरीवान्दा, डोङफेङ, फरिजोन, हुवाजी, कामा, कारे, किङलङ, सनलङ जस्ता ब्रान्ड सहभागी हुने नाइमाले जनाएको छ ।

    नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले गर्दै आएको नाडा अटो शोको काउन्टरमा भर्खरै खुलेको नाइमाले मोबिलिटी एक्स्पो गर्न लागेको हो ।

    “नेपाल मोबिलिटी एक्स्पो २०२५ ले नेपालको अटोमोबिल क्षेत्रको भविष्यलाई गति दिने र अटोमोटिभ उद्योगलाई अगाडि बढाउने सहकार्यलाई बढावा दिने लक्ष्य राखेको छ, “NAIMA" की संस्थापक अध्यक्ष रितु सिंह वैद्यले भनिन् । हामी हाम्रा सदस्यहरू र उद्योग सरोकारवालाहरूलाई उत्कृष्ट सुविधा र प्लेटफर्म प्रदान गर्न काम गरिरहेका छौं र प्रदर्शनीमा भाग लिने कम्पनीहरूलाई  एउटा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनीको अनुभव गराउन हामी निरन्तर प्रयासरत छौं, उनले थपिन् ।

    नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) देशको मोबिलिटी क्षेत्रमा साझा मञ्चको रूपमा कार्य गर्नेछ । यसले रणनीतिक सहकार्य, विकास र नीति निर्माणमा सबै सरोकारवालाको आवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रतिनिधित्व गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend