२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले माग्यो देशभरिका विभिन्न शाखा कार्यालयका लागि कर्मचारी


सञ्चार डबली
  • बुधबार, जेठ ७ २०८२
  • 4.8K
    SHARES

  • images
    सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले माग्यो देशभरिका विभिन्न शाखा कार्यालयका लागि कर्मचारी

    बुधवार, जेठ ७ २०८२
    काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो सेवालाई अझैँ बढी सशक्त बनाउने उद्देश्यले देशभरिका विभिन्न शाखा तथा उपशाखा कार्यालयहरूमा कर्मचारीको आवश्यकता सहित दरखास्त आह्वान गरेको छ । कम्पनीले शाखा प्रमुख र बजार अधिकृत पदमा कर्मचारी माग गरेको छ ।

    कम्पनीले कोशी प्रदेशअन्तर्गत खाँदबारी, ओखलढुङ्गा र दिक्तेल शाखा, मधेश  प्रदेश अन्तर्गत  बर्दिबास, निजगढ र सिमरा शाखा, बागमती  प्रदेश अन्तर्गत  पनौती, कमल विनायक, पुतली सडक, चापागाउँ, एकान्तकुना, भैँसेपाटि, कालिमाटी, सुन्धारा र थनकोट शाखा, लुम्बिनी  प्रदेशअन्तर्गत लमही र रामपुर (पाल्पा) शाखा र गण्डकी प्रदेश अन्तर्गत कुश्मा शाखा कार्यालयका लागि शाखा प्रमुख पदमा तथा काठमाडौँ उपत्यकासहित अन्य शाखाहरूका लागि बजार अधिकृत पदमा केही सङ्ख्यामा कर्मचारी माग  गरेको छ ।

    उक्त पदहरूका लागि जीवन बिमा, बैंक तथा वित्तीय संस्था वा लघुवित्त संस्थामा कार्य अनुभव भएका उम्मेदवारहरूलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ । इच्छुक तथा योग्य उम्मेदवारहरूले आफ्नो व्यक्तिगत विवरणसहितको आवेदन यही जेठ १८ गते भित्र पठाउन सक्नेछन् ।

    1747825234-zTQCM.jpg
    undefined

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend