२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

स्काईवेलको एक्सचेञ्ज अफर: लक्जरी ईभी एसयुभीमा अपग्रेड हुने मौका, यूरोप पनि घुम्न पाइने


सञ्चार डबली
  • आइतबार, जेठ ४ २०८२
  • 6.2K
    SHARES

  • images
    स्काईवेलको एक्सचेञ्ज अफर: लक्जरी ईभी एसयुभीमा अपग्रेड हुने मौका, यूरोप पनि घुम्न पाइने

    काठमाण्डौ । नेपालका लागि स्काईवेलका विद्युतीय सवारीको आधिकारिक बितरक जि मोटर्स प्रा.लि.ले 'स्काईवेल एक्सचेञ्ज अफर: अपग्रेड टू स्काईवेल-ड्राईभ लक्जरी ईभी एसयुभी' सार्वजनिक गरेको छ ।  

    प्री बजेटको एक बिशेष अफरको रुपमा कम्पनीले बजेटबाट मूल्यवृद्धि हुनुअगावै लक्जरी, प्रीमियम ईभी र रियल एसयुभिमा अपग्रेड हुने चाहनेका लागि सुनौलो मौकाको रुपमा यो अफर ल्याएको हो ।

    कम्पनीको नक्साल-काठमाडौं, राधेराधे-भक्तपुर, ईटहरी-सुनसरी, बिराटनगर, पोखरा र चितवनका सबै शोरुमबाट यो अफरमा सहभागी हुन सकिने जारी एक विज्ञप्तिमा उल्लेख छ ।

    साथै उक्त अवसरमा हरेक स्काईवेल खरिद गर्ने प्रत्येकले चाहेको जोडीले युरोप टुरको अवसर प्राप्त गर्नुका साथै स्पेशल छुट र एक्सचेन्ज अफरमा बिशेष बोनस समेत प्राप्त गर्नेछन् ।  

    स्वपूँजी कम हुनेका लागि २० प्रतिशत डाउनपेमेन्ट दिएर फाईनान्सको  सुविधा समेत रहेको जी. मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले जानकारी दिए। एक्सचेन्ज अफर २०८२ जेठ २ गतेदेखि सुरु भएर जेठ ५ गतेसम्म चल्ने बताइएको छ ।  

    हाल नेपालमा १४० वटा भन्दा बढी स्काईवेलका इटि-५, ६२० किमि प्रीमियम बिद्युतीय एसयुभि बिक्री वितरण भईसकेका छन् भने शुरु भएको एक्सचेञ्ज अफरअन्तर्गत ७ वटा बुकिङ पनि भइसकेको छ । ईटि-५, बिई-११ मोडेलमा हाल कम्पनीसँग ६२०, ५२० र ४१० किमी रेन्ज दिने प्रीमियम एसयुभि बिक्रीका लागि उपलब्ध छन् । 

    नेपाली ग्राहकले यूरोपियन बजारमा अत्यधिक रुचाईएको स्काईवेलका प्रीमियम सवारीको गुणस्तर परफर्मेन्स र उच्च १५० किलोवाट पावरलाई नेपालका सबै किसिमका भू-भागमा सहजै यात्रा गर्नसक्ने कम्पनीको दाबी छ ।

    स्काईवेल ६५ भन्दा बढी देशहरु जस्तै : जर्मनि, युके, अस्ट्रेलिया, ल्याटिन अमेरिका, टर्कि, इजरायल, पोल्यान्ड बिक्री हुँदै नेपालमा पनि युरोपियन गुणस्तरका सवारी बिक्री गर्ने प्रीमियम सवारी उत्पादक कम्पनी हो।  

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend