२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

एशियन लाइफको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति पाइन्छ ?


सञ्चार डबली
  • आइतबार, जेठ ४ २०८२
  • 6.5K
    SHARES

  • images
    एशियन लाइफको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति पाइन्छ ?

    काठमाडौं, जेठ ४ । एशियन लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८०÷८१ को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्याङ्कन र दायित्व मूल्याङ्कनसम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा प्राधिकरणबाट स्वीकृतभएसँगै मुनाफामा सरिक हुने(बोनस दिने गरी) जारी भएका बीमलेखहरुका लागि नयाँ बोनसदर कायम गरेको हो ।

    कम्पनीले यो अवधिका लागि प्रतिहजार अधिकतम ७५ रुपैयाँ र न्यूनतम ४२ रुपैयाँ बोनसदर कायम गरेको छ।

    कम्पनीले सावधिक तथा आजीवन बीमालेख अन्तर्गत १४ वर्षे अवधिका लागि ६१ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ६२ रुपैयाँ, २० देखि २४ वर्षका लागि ६४ रुपैयाँ र २५ वा सो भन्दा माथिका लागि ७५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।  

    सावधिक जीवन बीमालेख अन्तर्गत १४ वर्षे अवधिका लागि ४५ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४८ रुपैयाँ, २० देखि २४ वर्षका लागि ५५ रुपैयाँ र २५ वा सो भन्दा माथिका लागि ६२ रुपैयाँ तोकिएको छ ।  

    बालबालिका सावधिक जीवन बीमालेख अन्तर्गत १४ वर्षे अवधिका लागि ४२ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४५ रुपैयाँ, २० देखि २४ वर्षका लागि ४८ रुपैयाँ र २५ वा सो भन्दा माथिका लागि ५२ रुपैयाँ तोकिएको छ ।    

    यस्तै सामूहिक सावधिक, नव रत्न,जीवन संजिवनी,दम्पत्ति सुरक्षा प्लस, एशियन वार्षिक धनलाभ र भविष्य निधी जीवन बीमालेख अन्तर्गत १४ वर्षे अवधिका लागि ४४ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४४ रुपैयाँ, २० देखि २४ वर्षका लागि ४६ रुपैयाँ र २५ वा सो भन्दा माथिका लागि ५५ रुपैयाँ निर्धारण गरिएको छ ।  

    कम्पनीले अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख अन्तर्गत १० वर्षे अवधिका लागि ५० रुपैयाँ, १२ वर्षे अवधिका लागि ५० रुपैयाँ, १५ वर्षे अवधिका लागि ६० रुपैयाँ, १८ वर्षे अवधिका लागि ६५ रुपैयाँ, २० वर्षे अवधिका लागि ७० रुपैयाँ र २५ वर्षे अवधिका लागि ७० रुपैयाँ बोनस दर प्रदान गर्ने जनाएको छ ।  

    यस्तै बाल उच्च शिक्षा अन्तर्गत १४ वर्षे अवधिका लागि ४२ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४२ रुपैयाँ, २० देखि २४ वर्षका लागि ४४ रुपैयाँ र २५ वा सो भन्दा माथिका लागि ५० रुपैयाँ निर्धारण गरिएको छ ।  

    एशियन सावधिक प्लस, १५ वर्षे अग्रिम भुक्तानी सावधिक प्लस,सुखी जीवन प्लस र वार्षिक भुक्तानी जीवन  बीमालेख अन्तर्गत १४ वर्षे अवधिका लागि रिभर्सनरी बोनस ३६ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४२ रुपैयाँ, २० देखि २४ वर्षका लागि ४४ रुपैयाँ र २५ वा सो भन्दा माथिका लागि ५६ रुपैयाँ बोनस दर प्रदान गरिनेछ । यो बीमालेख अन्तर्गत उल्लेखित सबै अवधिका लागि ६ रुपैयाँ टर्मिनल बोनस समेत प्रदान गरिने कम्पनीले जनाएको छ ।  

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend