२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

सानिमा रिलायन्स लाईफको सम्पत्ति शुद्धिकरण प्रशिक्षण कार्यक्रम सम्पन्न


सञ्चार डबली
  • बुधबार, वैशाख ३१ २०८२
  • 5.6K
    SHARES

  • images
    सानिमा रिलायन्स लाईफको सम्पत्ति शुद्धिकरण प्रशिक्षण कार्यक्रम सम्पन्न

    बुधबार, ३१ बैशाख २०८२
    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।

    बीमा प्राधिकरणको निर्देशन २०८१ को दफा १७ (क) अनुसार कम्पनीले सञ्चालक समितिका सदस्य, आधारभूत सेयरधनी तथा विभागीय प्रमुखहरूलाई लक्षित गर्दै यो कार्यक्रम आयोजना गरेको हो।

    काठमाडौंको याक एण्ड यती होटेलमा सम्पन्न उक्त कार्यक्रममा बीमा प्राधिकरणका निर्देशक शाम्ब राज लामिछाने तथा उप–निर्देशक सविता थापाले प्रशिक्षण दिएका थिए। उनीहरूले वित्तीय संस्थाबाट सम्भावित सम्पत्ति शुद्धिकरण र आतंकवादी वित्तीय लगानीका जोखिमहरू र त्यसबाट जोगिन अपनाउनुपर्ने उपायहरूको विषयमा प्रशिक्षण दिएका हुन्।

    कार्यक्रममा ऐन, नियमावली र निर्देशनअनुसार कम्पनीले गर्नुपर्ने नीति निर्माण, कार्यविधि, नियन्त्रण प्रणाली, मानव संसाधन तथा अन्य श्रोत व्यवस्थापन जस्ता विषयमा व्यापक छलफल गरिएको थियो।

    समापन समारोहमा कम्पनीका अध्यक्ष रतन लाल केडियाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास अनुसार सम्पत्ति शुद्धिकरण निवारण ऐन र नियमावलीमा उल्लेख गरिएका दायित्वहरू इमान्दारीपूर्वक पालना गरिने प्रतिबद्धता जनाए। प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणको महत्वमा प्रकाश पार्दै कम्पनीले यसको पूर्ण अनुपालन सुनिश्चित गर्ने स्पष्ट धारणा राखे।

    नेपाल सरकारले सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ जारी भएको अवसरमा प्रत्येक वर्ष माघ १४ गते ‘सम्पत्ति शुद्धिकरण निवारण दिवस’ मनाउने निर्णय गरेको सन्दर्भमा यो प्रशिक्षण कार्यक्रमले थप सान्दर्भिकता हासिल गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend