२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

गठबन्धनमा पार्टीको तर्फबाट समस्या छैन, प्रधानमन्त्री ओलीले विगतमा जस्तै छोडेर गएमा भने केही लाग्दैनः देउवा


सञ्चार डबली
  • शुक्रबार, वैशाख २६ २०८२
  • 5.6K
    SHARES

  • images
    गठबन्धनमा पार्टीको तर्फबाट समस्या छैन, प्रधानमन्त्री ओलीले विगतमा जस्तै छोडेर गएमा भने केही लाग्दैनः देउवा

    काठमाडौं, २६ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनमा पार्टीको तर्फबाट समस्या नरहेको बताएका छन् । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जस्तै छोडेर गएमा भने केही नलाग्ने उनको भनाइ छ ।

    सभापति देउवाले शुक्रबार बिहान आफ्नै निवास बुढानीलकण्ठमा बोलाएको पदाधिकारी बैठकमा गठबन्धनबारे ब्रिफिङ गर्दै अहिलेसम्म प्रधानमन्त्री ओली र नेकपा एमालेसँग आफू र नेताहरूको कुनै पनि विषयमा खटपट नभएको बताएको एक पदाधिकारीले बताए । देउवाले कांग्रेसले २०७९ को निर्वाचनपछि प्रचण्डलाई नछोडे पनि आफै छोडेर गएको र अहिले पनि ओलीले त्यस्तै गरी छोडेर गएमा केही नलाग्ने ब्रिफिङ गरेको ती पदाधिकारीले बताए ।

    ‘सत्ता गठबन्धनबारे बाहिर आएजस्तो केही भएको छैन । पहिला २०७९ को निर्वाचनपछि हामीले नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छोडेका होइनौँ । उहाँले नै हामीलाई छोडेर नेकपा एमालेसँग मिल्न जानुभएको हो,’ बैठकमा देउवाको भनाइ उदृत गर्दै ती पदाधिकारीले भने, ‘केपी ओलीजी पनि अहिलेसम्म गठबन्धन गरेर हामीसँगै हुनुहुन्छ । २०८४ को निर्वाचनसम्म सँगै जाने कुरामा हामी ढुक्क छौँ । बिचमै छोडेर जानु भयो भने त के लाग्छ र । हाम्रो तर्फबाट त्यस्तो समस्या छैन ।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend