२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

हकप्रद बिक्री गर्न एसियन लाइफले पायो धितोपत्र बोर्डबाट अनुमति


सञ्चार डबली
  • शुक्रबार, वैशाख २६ २०८२
  • 5.9K
    SHARES

  • images
    हकप्रद बिक्री गर्न एसियन लाइफले पायो धितोपत्र बोर्डबाट अनुमति

    काठमाडौं, २६ वैशाख । एसियन लाइफ इन्स्योरेन्सले हकप्रद निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले १:०.४२ को अनुपातमा हकप्रद निष्कासन गर्न आज (वैशाख २६) गते अनुमति पाएको हो ।

    जस अनुसार एक सय कित्ता सेयर हुनेले ४२ कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

    कम्पनीले एक सय रूपैयाँ प्रतिकित्ताको दरमा १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद निष्कासन गर्नेछ ।

    हाल कम्पनीको चुक्ता पुँजी तीन अर्ब ३९ करोड ९८ लाख रूपैयाँ छ । कम्पनीको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेड छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend