२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

प्रयोगशाला हुने उपचारात्मक परीक्षणमा देशलाई आत्मनिर्भर बनाउन जरुरी  : स्वास्थ्यमन्त्री पौडेल


सञ्चार डबली
  • बिहीबार , वैशाख २५ २०८२
  • 8.0K
    SHARES

  • images
    प्रयोगशाला हुने उपचारात्मक परीक्षणमा देशलाई आत्मनिर्भर बनाउन जरुरी  :  स्वास्थ्यमन्त्री पौडेल


    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले प्रयोगशाला हुने उपचारात्मक परीक्षणहरुमा देशलाई आत्मनिर्भर बनाउन जरुरी रहेको बताएका छन् । राष्ट्रिय अत्यावश्यक निदानात्मक परीक्षण सूचीको अनावरण कार्यक्रममा बोल्दै उनले उपचारात्मक परीक्षणहरु देशभित्रै गर्ने स्थिति बन्न सक्यो भने कम झन्झटिलो हुने, खर्च पनि कम हुने र अस्पतालले दिने सेवा सुविधामा बढी सहजिकरण हुने स्थिति बन्ने बताएका हुन् ।

    उनले भने, ‘खासगरी नेपालमा प्रयोगशाला परीक्षण हुने उपचारात्मक परीक्षणहरुमा देशलाई आत्मनिर्भर बनाउन जरुरी छ । उपचारात्मक परीक्षणहरु देशभित्रै गर्ने स्थिति बन्नसक्यो भने कम झन्झटिलो हुने, खर्च पनि कम हुने र अस्पतालले दिने सेवा सुविधामा बढी सहजिकरण हुने स्थिती हुन्छ । यसरी पूर्ण क्षमतामा हामीले केन्द्रित भएर प्रयोगशालाई प्रयोगमा ल्याउनुपर्छ ।’

    साथै उनले  प्रदेशहरुमा नयाँ प्रयोगशालाहरु खुलेकाले त्यसमा क्षमता वृद्धि गर्न जरुरी रहेको बताए । उनले स्वास्थ्य क्षेत्रमा अझै थुप्रै कामहरु गर्न बाँकी नै रहेकाले आवश्यकताहरुलाई डब्लुएचओले समेत सहयोग पुर्याउने आशा व्यक्त गरे ।

    उनले भने, ‘प्रदेशहरुमा नयाँ प्रयोगशालाहरु खुलेका छन् । त्यसमा क्षमता वृद्धि गर्न जरुरी छ । अस्पतालमा रहेका प्रयोगशालाहरु व्यापक छन् । स्वास्थ्य क्षेत्रमा अझै थुप्रै कामहरु गर्न बाँकी नै छ । यो क्षेत्र पूर्ण छैन । यसलाई पूर्णता दिन अझै पनि डब्लुएचओमार्फत सहयोग हुनसक्छ भन्ने आशा लिएका छौं । आवश्यकताहरु डब्लुएचओलाई पनि भन्नुपर्ने अवस्था छ ।’ 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend