२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

सरकारको नीति तथा कार्यक्रममा बीमा सम्बन्धि समेटिएका विषय यस्ता छन्


सञ्चार डबली
  • सोमबार, वैशाख २२ २०८२
  • 5.2K
    SHARES

  • images
    सरकारको नीति तथा कार्यक्रममा बीमा सम्बन्धि समेटिएका विषय यस्ता छन्

     

    सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा बीमा क्षेत्रका विभिन्न विषय समेटिएका छन् । कार्यक्रममा स्वास्थ्य बिमा प्रणाली एकीकृत गरी उपचारको दायरा विस्तार गर्ने, गम्भीर रोगको उपचार समेत बिमाबाट हुने व्यवस्था गर्न सुविधा थैली परिमार्जन गर्ने, बिमा सेवाको सुशासन र वित्तीय स्थायित्वका लागि बिमा बोर्डको पुनसंरचना गर्ने, बिमा प्रणालीमाथिको व्यभार न्यून गर्न सरकारद्वारा उपलब्ध गराइने आधारभूत तथा अत्यावश्यक औषधीहरू बिमा प्रणालीमा जोड्ने लगायतका विषय समेटिएका छन् ।
    यस्ता छन् बीमा क्षेत्रका विषय
    – बीमा सेवाको सुशासन र वित्तीय स्थायित्वका लागि बीमा बोर्डको पुर्नसंरचना गर्ने ।
    – बीमा प्रणाली माथिको व्ययभार न्यून गर्न सरकारद्वारा उपलब्ध गराइने आधारभूत तथा अत्यावश्यक औषधीहरु बीमा प्रणालीमा जोडने ।
    – बीमा सेवालाई सर्वसुलभ र भरपर्दाे बनाइने, भौतिक सम्पत्ति बीमा प्रवर्धन गर्दै बीमा सूचना केन्द्र कार्यान्वयनमा ल्याउने ।
    – स्वास्थ्य सम्बन्धी सबै सहायता र सहुलियतका कार्यक्रमहरूलाई स्वास्थ्य बीमा सेवामा आबद्ध गर्ने ।
    – स्वास्थ्य बीमा प्रणाली एकीकृत गरी उपचारको दायरा विस्तार गर्ने ।
    – गम्भीर रोगको उपचार समेत बीमाबाट हुने व्यवस्था गर्न सुविधा थैली परिमार्जन गर्ने ।
    – ग्रामीण तथा निम्न आय वर्गलाई बीमामा समेटन बीमा साक्षरता कार्यक्रम सञ्चालन गर्ने ।
    – परियोजना बीमा मार्फत आकस्मिक क्षतिबाट रक्षा, समर्थन मूल्य आधारित अग्रिम कृषि उपज खरिद सम्झौता गरि व्यावसायिक जोखिमको सम्बोधन गर्ने ।
    – मानव, वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्दै राहत प्रणालीलाई बीमा प्रणालीसँग एकीकृत गर्ने ।
    – कृषि बीमाको दायरा विस्तार गर्ने ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend