२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

नेपाल माइक्रो इन्स्योरेन्सको नाफा ८० प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानी ९ पैसा


सञ्चार डबली
  • सोमबार, वैशाख २२ २०८२
  • 5.7K
    SHARES

  • images
    नेपाल माइक्रो इन्स्योरेन्सको नाफा ८० प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानी ९ पैसा

    काठमाडौँ, वैशाख २२ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ जस अनुसार कम्पनीको खुद नाफा ८०.०८  प्रतिशतले घटेको छ।

    यस अवधिमा कम्पनीले  ४ लाख ८१ हजार रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले २४ लाख १५ हजार रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।  कम्पनीले  करीब साढे ५ करोड रुपैयाँ मात्र  खुद बीमाशुल्क आर्जन गरेको छ।

    कम्पनीको कुल खर्च १४६.२९ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो आवसम्म ४ करोड ६८ लाख रुपैयाँ रहेको कम्पनीको कुल खर्च बढेर ११ करोड ५२ लाख रुपैयाँ पुगेको छ ।

    गत वर्षको यसै अवधिसम्म साढे ७७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीको यस वर्ष ६ सय प्रतिशतभन्दा बढी खुद बीमाशुल्क कमाएको हो। कम्पनीको  प्रतिशेयर आम्दानी पनि ५२ पैसाले घटेर ९ पैसामा झरेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend