२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति ?


सञ्चार डबली
  • सोमबार, वैशाख २२ २०८२
  • 5.8K
    SHARES

  • images
    हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति ?

    काठमाडौँ, वैशाख २२ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ। कम्पनीको गत आवको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्याङ्कनको आधारमा नेपाल बीमा प्राधिकरणले वैशाख १५ गते स्वीकृत गरेसँगै नयाँ बोनसदर सार्वजनिक गरेको हो।

    कम्पनीले २४ वटै बीमालेखको प्लान कोड र बीमा अवधि अनुसार प्रति हजार बीमाङ्कमा बोनस दर निर्धारण गरेको छ। जसमा बीमालेख र बीमा अवधिअनुसार न्यूनतम १८ रुपैयाँदेखि अधिकतम ८६ रुपैयाँसम्म बोनसदर कायम गरेको छ।

    नयाँ बोनसदर अनुसार सावधिक बीमालेखमा बीमा अवधिअनुसार २६ रुपैयाँदेखिस ६३ रुपैयाँसम्म, सावधिक तथा आजीवन बीमा योजनामा ३६ रुपैयाँदेखि ७५ रुपैयाँसम्म प्रतिहजारका दरले बोनस दिने भएको छ।

    त्यस्तै अग्रिम भुक्तानी सावधिकमा ५६ रुपैयाँदेखि ८६ रुपैयाँसम्म, जीवन उपहार (अग्रिम भुक्तानी सावधिक) मा ४८ रुपैयाँ, जीवन उपहार (सावधिक) मा ३१ रुपैयाँ र सावधिकमा ३८ रुपैयाँदेखि ७६ रुपैयाँसम्म बोनसदर कायम गरेको छ।

    यता सावधिक तथा आजीवन बीमा योजनामा (१३) मा ३८ रुपैयाँदेखि ७३ रुपैयाँसम्म, अग्रिम भुक्तानी सावधिक (१०, १२ र १५) मा ३४ देखि ४६ रुपैयाँसम्म, वार्षिक नगद फिर्ता (२३ र २५) मा ३२ देखि ४१ रुपैयाँसम्म र सुरक्षित भविष्य जीवन बीमा योजना (२८) मा न्यूनतम १८ रुपैयाँदेखि ३५ रुपैयाँसम्म बोनसदर दिने भएको छ।

    कम्पनीले यो बोनसदर अर्काे नयाँ बोनसदर निर्धारण नगरेसम्म र मृत्यु, पूर्ण वा आंशिक अवधि, समर्पण मूल्य, चुक्ता मूल्य दाबी भुक्तानी र चालू बीमालेखमा समेत लागू हुने जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend