२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

प्रभु महालक्ष्मी लाइफका अभिकर्ताहरुको डिलाइटफूल सौराह कार्यक्रम सम्पन्न


सञ्चार डबली
  • आइतबार, वैशाख २१ २०८२
  • 6.1K
    SHARES

  • images
    प्रभु महालक्ष्मी लाइफका अभिकर्ताहरुको डिलाइटफूल सौराह कार्यक्रम सम्पन्न

    चितवन । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका अभिकर्ताहरुको डिलाइटफूल सौराह कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । चितवनको सौराहमा बैशाख १८, १९ र २० गते गरी ३ दिन विभिन्न मनोरञ्जनात्मक रिफ्रेसमेन्ट कार्यक्रमहरुका साथ भब्य रुपमा सम्पन्न भएको हो । प्रभु महालक्ष्मी लाइफ इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष प्रसाईज्यूले सम्बोधन गरी कार्यक्रमको सुरुवात गर्नुभएको थियो । कम्पनीमा आवद्ध ३ सय जना भन्दा बढि अभिकर्ताहरुको उपस्थिति रहेको कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जको जंगल सफारी, सांगीतिक साँझ तथा अन्य मनोरञ्जनात्मक कार्यक्रमहरु गरी हर्ष उल्लासपूर्ण वातावरणमा सम्पन्न भयो ।

    कार्यक्रमको मुख्य आकर्षण प्रसिद्ध कलाकार कम्पनीका ब्राण्ड एम्बेष्डर श्री मनोज गजुरेलज्यूको प्रस्तुती रहेको थियो । त्यसैगरी लोकप्रीय सदाबहार गायक श्री सुगम पोखरेलज्यू एवं द बाजागाज टिमको लाइभ सांगीतिक प्रस्तुतीले कार्यक्रमको रौनक थपिएको थियो ।

    प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले अभिकर्ताहरुलाई निरन्तर रुपमा विभिन्न प्रकारका मोटिभेसनल, रिफ्रेसमेन्ट, सम्मान तथा मनोरञ्जनात्मक कार्यक्रमहरु उत्कृष्ट रुपमा गर्दै आइरहेको छ ।

    PressRelease_PrabhuMahalaxmilife_Sauraha b.jpeg
    PressRelease_PrabhuMahalaxmilife_Sauraha c.jpeg

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend